• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • १०. सुनचाँदीको मूल्य बढ्यो

एक वर्षमा १० हजारलाई स्वास्थ्य अनुसन्धानसम्बन्धी तालिम


  •   सोमबार, असार २१, २०७८ मा प्रकाशित
  • नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले २९ वर्षमा गरेका उपलब्धि पछिल्लो एक वर्षमा भएको प्रतिवेदन सार्वजनिक भएको छ । हालै सम्पन्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद् स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको सातौँ राष्ट्रिय शिखर सम्मेलनद्वारा सार्वजनिक प्रतिवेदनमा यस्तो उल्लेख छ ।

    Advertisement

    सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरूले आफ्नो खोज तथा अनुसन्धानबारे ४७ वटा अनुसन्धानमूलक कार्यहरूको प्रस्तुति दिएका थिए । यस्तै, १९ वटा पोस्टर प्रस्तुति र २४ वटा आमन्त्रित प्रस्तुति थियो । परिषद्का उपाध्यक्ष प्रा.डा. गौरवराज ढकालले अनुसन्धानविनाको स्वास्थ्य कल्पना गर्न नसकिने भन्दै नयाँ–नयाँ अनुसन्धानमा केन्द्रित हुन अनुसन्धानकर्तालाई आह्वान गरे । उनले महामारीले प्रतिकूल बनेको अवस्थामा पनि सम्मेलनमा आएका नयाँ–नयाँ प्रतिवेदनले धेरै सम्भावना देखाएको भन्दै खुसी व्यक्त गरे ।

    अनुसन्धान परिषद्का संस्थापक डा.मृगेन्द्रराज पाण्डेले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना महामारीको समयमा पनि तीव्र गतिमा काम गरेको बताए । ‘मैले स्थापनाकालदेखि नै हेर्दै आइरहेको छु,’ उनले भने, ‘तर, यो वर्षमा जति कुनै वर्षमा काम भएनन् । यो नेपाली अनुसन्धानको क्षेत्रमा ठूलो फड्को हो ।’ उनले अनुसन्धान क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन अनुसन्धानकर्ता डा.मेघनाथ धिमाल, डा.बुद्ध बस्नेतले ठूलो योगदान गरेको पनि बताए ।

    परिषद्को तथ्यांकअनुसार २९ वर्षमा जम्मा ६ हजारलाई अनुसन्धानबारे तालिम दिइएको थियो । तर, पछिल्लो एक वर्षमा मात्रै १० हजारलाई अन्तर्राष्ट्रियस्तरको तालिम दिइएको छ । अनुसन्धानका क्षेत्रमा तालिमलाई ठूलो उपलब्धिका रूपमा लिने गरिन्छ । त्यस्तै, हालसम्म परिषद्को बजेट करिब १० करोडको हाराहारी थियो । तर, यो वर्षबाट दोब्बरले बढाएर २० करोडमाथि पुर्‍याइएको छ ।

    परिषद्का कार्यकारी निर्देशक डा.प्रदीप ज्ञवाली अनुसन्धानका क्षेत्रमा लगानी वृद्धि हुनु मुख्य उपलब्धि भएको बताउँछन् । तर, यत्रो उपलब्धिका बीच पनि परिषद् महामारीमा चुकेको छ । विश्वका विभिन्न देशले कोरोना भाइरसविरुद्ध उत्पादित खोप तेस्रो चरणसम्म परीक्षण भए । तर, नेपालले खोपको क्लिनिकल परीक्षण नै गर्न सकेन ।

    अनुसन्धानकर्ता मेघनाथ धिमालका अनुसार नेपालले क्लिनिकल ट्रायल गर्न पाएको भए प्रायः सबै नागरिकले अहिलेसम्म कोभिडविरुद्धको खोप पाइसकेको अवस्था हुने थियो । सबै देशमा सञ्चालन भएका खोपहरू तेस्रो फेजको ट्रायलमा छन् । तर, नेपालमा सरकारले अनुमति नदिएकाले परिषद्ले प्रस्ताव आएका ट्रायल पनि अगाडि बढाउन सकेन । विगतमा परिषद् आफैँले स्वीकृत गर्दा परीक्षण गर्ने व्यवस्था थियो, तर हाल परिषद्ले स्वीकृत गरेर पनि मन्त्रिपरिषद्बाट पास हुनुपर्छ ।

    समाचार नयाँ पत्रिका बाट ।

    सोमबार, असार २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.