भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ४८४ जना कोरोना भाइरस संक्रमित व्यक्ति थपिएका छन् । यसअवधिमा १ हजार ९५ जना थप व्यक्तिको कोरोनाकै कारण मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा शुक्रबारसम्ममा कुल संक्रमित संख्या ६३ लाख ९५ जना नाघेको छ । यस्तै, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९९ हजार ७७३ हजार जना पुगेको छ ।
भारतमा ५३ लाख ५२ हजार व्यक्ति निको भए पनि अझै ९ लाख ४२ हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् । सर्वाधिक प्रभावित महाराष्ट्रमा २ लाख ५९ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने ३७ हजार ५६ जनाको ज्यान गएको छ । यस्तै, कर्नाटकमा एक लाख १० हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका छने भने ८ हजार ९९४ जनाको ज्यान गएको छ ।
केरला राज्यमा ७२ हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् भने ७७१ जनाको ज्यान गइसकेको छ । यहाँ १ लाख ३१ हजारभन्दा बढी व्यक्ति निको भएका छन् । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म ७ करोड ६७ लाख नमूना परीक्षण गरेको जनाएको छ ।
