मणि बन्दै माडी : मगोई खोलामा पुल निर्माण कार्य पुन सुरु
असोज २५,
.
माडीको मगोई खोलामा पुल निर्माण कार्य सुरु भएको छ ।नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत पुलको निर्माणकार्य जारी रहँदा गतबर्ष चैतबाट देशव्यापी लकडाउन लागु भएसंगै पुल निर्माण कार्य अवरुद्ध हुनगएको थियो । लकडाउन हटेर जनजीवन सहज भएसंगै पुल निर्माण केहि दिनदेखि सुचारु भएको हो । हाल पिल्लरमाथि ढलानका लागि स्काफोल्डिङको काम जारी रहेको ठेकदार पक्षले जनाएको छ ।
संघीय सरकारको भौतिक योजना तथा यातायात मन्त्राल अन्तरगत हुलाकी राजमार्ग परियोजनाको ६ करोड ५१ लाखको लागतमा पुल निर्माण भइरहेको हो । सो पुलमा ३ वटा पिल्लर रहने तथा पुल लम्बाई ९७ मिटर रहने ठेकदार पक्षले जानकारी दिएको छ । भरतपुरस्थित सपना, लोहनी एण्ड ब्रदर्श ज्वाइन्ट भेन्चरले २०७४ साल असार २८ गते पुल निर्माणको ठेक्का पाएको हो । माडीका अन्य खोलाहरुमा निर्माणाधीन पुलहरुमा पनि काम सुचारु हुने क्रम जारी छ ।
source माडि समाचार
