माडी नगरपालिका वडा नं १ मा भालुको आक्रमणमा परी एक युवती घाइते ।।
माडी नगरपालिका वडा नं १ पाण्डवनगरमा भालुको आक्रमणबाट एक युवती घाइते भएकी छन्। भरतपुर महानगरपालिका फूलबारी निवासी आरती परियार केही दिन अगाडि आफन्त मैता परियारको घरमा रहँदै आएकी उनी गएराति १० बजे शौचालय जानेक्रममा करिब ५० मीटरको दूरीमा भालू देखेर भाग्ने क्रममा आक्रमण गरेको हो। आक्रमणबाट उनको दाहिने खुट्टाको पिडौंला र साप्रामा गहिरो चोट पुर्याएको स्थानिय ललित बोटेले जानकारी दिनुभयो।
गएरातिनै मध्यवर्ति कार्यालयको खर्चमा भरतपुर अस्पताल लगेपनि आर्थिक अभावका कारण पर्याप्त उपचार नपाएपछि मध्यवर्ती कार्यालयलाई अपील गर्दा पनि बेवास्ता गरेकाे परिवार श्रोतले आरोप लगाएको छ भनें पाँचपाण्डव मध्यवर्ति उपभोक्ता समितीका अध्यक्ष नारायणदत्त सापकोटा बासुले माडी बाहिरको व्यक्ति भएकाले उहाँकै आफन्त आएर निवेदन दिए मुचुल्का अगाडि बढाउन सहज हुने बताउनु भयाे।।
