• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

प्रचण्ड-माधव पक्षीय स्थायी कमिटी निर्णय : तत्काल ओलीसँग एकता हुन्न, काँग्रेससँग सहकार्य


  •   बिहिबार, फागुन १३, २०७७ मा प्रकाशित
  • काठमाडौं।  प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलालाई स्वागत गर्दै नेकपा (दाहाल-नेपाल समूह)को स्थायी कमिटीले राजनीतिक स्थिरताका लागि सबै शक्तिसँग मिलेर अगाडि बढ्ने निर्णय गरेको छ।

    Advertisement

    समूहको बुधवारको स्थायी कमिटी बैठकले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासलाई सुदृढिकरणलाई ध्यान दिँदै सामाजिक आर्थिक रुपान्तरणका लागि आत्मसमीक्षा सहित अगाडि बढ्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘लोकतन्त्रको कार्यान्वयनका लागि सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो गरेर अगाडि बढ्ने निर्णय गर्‍यो,’ उनले भने।

    बैठकले प्रतिगामी कदम तत्काल असफल पारिए पनि त्यस्ता गतिविधि भविष्यमा नहुन भन्न सचेत हुनुपर्ने निष्कर्षसमेत निकालेको छ। प्रवक्ता श्रेष्ठले तत्काल नेकपाको ओली समूहसँग मिलेर जान सक्ने अवस्था नभएको समेत बताए।

    ‘हामी एकताका पक्षमा हिजो पनि थियौँं। आज पनि छौँं। तर, अहिलेकै अवस्थामा पार्टी एकता हुन्छ भन्नु अर्को भ्रम हुन सक्छ। हामी भ्रममा बस्न सक्दैनौँ,’ उनले अगाडि भने, ‘हामीले हिजो एकता पनि जोगाउने र लोकतन्त्र र संविधानको पक्षमा कुरा गर्दा ओलीले गुटवादी प्रयत्न गरे, संविधान मिच्ने काम गरे। हामीले त्यसको विरोध गरेका हौँं। पार्टी एकतालाई प्रहार गर्ने पार्टीलाई चोइट्याउने, संविधान र लोकतन्त्रमाथि नै प्रहार गर्ने काम भयो। आत्माआलोचना गर्दै त्यस्ता गतिविधि नगर्ने प्रतिवद्धतासहित आए सम्भावना छ। तत्काल त्यस्तो देखिँदैन।’

    ओलीले त्यसतर्फ तत्परता नदेखाएको श्रेष्ठको भनाइ छ। प्रवक्ता श्रेष्ठले नेपाली कांग्रेसँग आगामी दिनमा स्थिरतालाई अगाडि बढाउन मिलेर अगाडि बढ्ने विषयमा छलफल भएको बताए। ‘नेपाली कांग्रेसले हिजो निर्णय लिन नसक्दा संयुक्त आन्दोलन हुन सकेन,’ उनले अगाडि भने, ‘अब कसरी अगाडि बढ्ने, स्थिरतालाई अगाडि बढाउन मिलेर जानुपर्छ भन्ने बारेमा छलफल भएको छ।’

    उनले नेकपाको संसदीय दलको बैठकले यसअघि नै संसदीय दलको नेता चयन गरिसकेको भन्दै निर्णयलाई अगाडि बढाउने संकेत गरे।

    बुधावारनै नेकपाको प्रचण्ड-माधव नेपाल पक्षीय संसदीय दलको बैठक बस्दैछ। ‘आवश्यक परे यसअघि दर्ता भएको अविश्वासको प्रस्तावलाई नयाँ ढंगले अगाडि बढाइने’ प्रवक्ता श्रेष्ठले स्पष्ट पारे। यसअघि पुस ५ गते नेकपाका बहुमत सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउँदै प्रचण्डलाई नयाँ प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेको थियो।

    बिहिबार, फागुन १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.