• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

सीजीको ‘द फर्न’ बन्यो भारतकै सर्वाधिक ठूलो चेन होटल, २०२१ मा थप १३ होटल खोल्ने


  •   आइतबार, चैत २९, २०७७ मा प्रकाशित
  • सीजी हस्पिटालिटी अन्तर्गतको ‘द फर्न होटेल्स एन्ड रिसोर्टस’ सन् २०२० मा भारतको सर्वाधिक ठूलो हस्पिटालिटी सेवाप्रदायक घोषणा भएको छ ।

    Advertisement

    एचभीएस एनारकले प्रकाशन गरेको ‘इन्डियन हस्पिटालिटी ओभरभ्यु २०२०’अनुसार ‘द फर्न’ले गत वर्ष भारतमा सबैभन्दा धेरै व्यवसाय विस्तार गरेको  हो । यसअघि सन् २०१९ मा पनि ‘द फर्न’ पहिलो थियो । सीजी कर्प ग्लोबलको सदस्य कम्पनी सीजी हस्पिटालिटीले होटल तथा रिसोर्ट सञ्चालन गर्ने गर्छ ।

    एचभीएसले गत वर्ष भारतीय होटल व्यवसायमा आएको उतारचढावबारे पनि अध्ययन गरेको छ ।

    कोरोना महामारीका कारण विश्वभर व्यपार–व्यवसायले घाटा बेहोरे पनि भारतीय होटल व्यवसाय क्षेत्रमा केही प्रगति देखिएको छ ।

    दर्ता संख्याका आधारमा गत वर्ष त्यहाँ होटल व्यवसायमा वृद्धि भएको छ । मध्यमस्तरका होटल दर्ता तथा सम्झौताका कारण समग्र बजारमा सुधार देखिएको हो । ठूला होटलले पनि अघिल्लो वर्षभन्दा उल्लेख्य प्रगति गरेका छन् ।

    मध्यमस्तरका होटल भारतमा बढी रुचाइन्छन् । सन् २०२० मा उपलब्ध कोठा संख्याका आधारमा यस्ता होटलले ४१ प्रतिशत हिस्सा ओगटेका छन्, जहाँ ठूला होटलको हिस्सा ३७ प्रतिशत छ । विलासी र सामान्य होटलको हिस्सा ११–११ प्रतिशत छ ।

    एचभीएसको अध्ययनअनुसार व्यवसाय विस्तारमा ‘द फर्न’पछि म्यारियट, सरोवर होटल्स, आईएचसीएल र इन्टेली स्टे छन् । कोठा संख्याका आधारमा भने ‘द फर्न’ तेस्रो नम्बरमा छ ।

    आईएससीएलले सर्वाधिक कोठा संख्या विस्तार गरेको छ । दोस्रो नम्बरमा विन्धाम होटेल्स छ । सन् २०२० मा भारतभर ४,५३७ होट कोठा थपिएका छन् ।

    सीजी हस्पिटालिटीले कन्सेप्ट हस्पिटालिटी प्रा.लि.सँगको सहकार्यमा होटल विस्तार र सञ्चालन गर्दै आएको छ ।

    “भारतकै ठूलो चेन हुन पाउनु गर्वको कुरा हो, यसले हामीलाई उत्साहित बनाएको छ,” कन्सेप्ट हस्पिटालिटी प्रा.लि.का सीईओ सुहेल कन्नामपिली भन्छन्, “व्यवसायप्रति हाम्रो समर्पण र आबद्ध सबैको परिश्रमले हामीलाई यहाँसम्म पुर्याएको हो । अझै धेरै गर्ने हौसला मिलेको छ ।”

    सन् २०२१ मा विभिन्न स्थानमा थप १३ वटा होटल खोल्ने योजना कम्पनीको छ । यससँगै फर्नको चेन संख्या ८७ पुग्नेछ । ती १३ होटलमा १,१५६ कोठा थपिएपछि ‘द फर्न’को कुल कोठा संख्या ५,२१७ पुग्नेछ ।

    वर्षको शुरुवातमै ‘द फर्न’ले नयाँ शहरहरू जबालपुर, जुनागढ, मुसोरीसँगै उत्तरपूर्वी भारतको गान्तोक (सिक्किम)मा होटल विस्तार गरिसकेको छ ।

    एचभीएसको अध्ययन प्रतिवेदनमा प्रतिक्रिया दिँदै सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले यसबाट आफूहरू अत्यन्त उत्साहित भएको बताए ।

    “हामीले लामो समयदेखि भारतमा व्यवसाय विस्तार गरिरहेका छौं, त्यसको प्रतिफल अहिले पाएका हौं,” उनले भने, “यद्यपि पोहोर साल सम्पूर्ण विश्व विभिन्न खाले अवरोधबाट गुज्रियो । त्यस्तो जटिल अवस्थामा पनि हामी सुस्ताएनौं । सुदूर भविष्य हेरेर काम गरिरह्यौं । यही उमंगले हामीलाई पहिलो स्थानमा पुर्याएको हो ।”

    उनका अनुसार दिगो पर्यटन र पर्यावरण–संवेदनशील दर्शनमा आधारित भएर सीजी हस्पिटालिटीले विश्वभर व्यवसाय विस्तार गरिरहेको छ।

    आइतबार, चैत २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.