चितवनमा थप सात जनासहित देशभर ५५९ जनामा कोरोना संक्रमण भएको छ ।
जनस्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार विगत २४ घण्टामा भरतपुरमा ६ जना र रत्ननगरमा एक जनालाई कोरोना संक्रमण देखिएको हो । योसँगै आजसम्म चितवनमा संक्रमितको संख्या ६ हजार ९७९ पुगेको छ भने अहिलेसम्म कोरोनाको कारणले १११ जनाले ज्यान गुमाएका छन् ।
