• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

फर्केर हेर्दा २०७७ : चितवनले गुमायो राजनीतिका तीन धरोहर


  •   शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित
  • भरतपुर । २०७७ साल सायदै कसैका लागि सुखद बन्यो होला, तर धेरैका लागि पीडामय बनेर गएको छ । एकातिर कोरोनो भाइरसको कहर र अर्कोतिर बाढीपहिरोको त्रास ।

    Advertisement

    यही सालमा चितवन जिल्लाले कम्युनिस्ट आन्दोलनका उच्च धरोहरलाई गुमाउनु परेको छ, जसले प्रजातन्त्रदेखि जनआन्दोलनसम्म मह¤वपूर्ण भूमिका निर्वाह गरेका थिए । पञ्चायतविरूद्ध लड्ने योद्धा पनि यही वर्ष ढलेका छन् ।

    चितवनमा बसेर पञ्चायतविरूद्ध संघर्ष गर्ने हिमबहादुर पियाको २०७७ असोजमा निधन भयो । तत्कालीन भरतपुर नगरपञ्चायतका प्रधानपञ्च एवं भरतपुर नगरपालिकाका पूर्वमेयर हिमबहादुर पियाको ८१ वर्षको उमेरमा निधन भएको हो ।

    उनको निधनप्रति नेपाली कांग्रेसका पुराना नेता भीमबहादुर श्रेष्ठले पञ्चायतविरूद्ध लड्ने धरोहर ढलेको बताए । सादा जीवन उच्च विचारका धनी पियाको निधनप्रति सिङ्गो चितवन जिल्ला नै शोकमा रह्यो । भरतपुर महानगरपालिका–२, क्षेत्रपुर निवासी पियाको चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत अवस्थामा निधन भएको हो ।

    २०४३ सालमा भरतपुर नगरपञ्चायतको प्रधानपञ्च र बहुदलीय प्रजातन्त्रको पुनःस्थापनापश्चात् २०५४ सालमा भरतपुर नगरपालिकाको मेयर पदमा विजयी भएका पियाको निधनप्रति चितवनका नेताहरु देवी ज्ञवाली, विजय सुवेदीलगायतले विकासवादी, निस्वार्थी, सफल राजनीतिज्ञ, निष्कलङ्कित नेता गुमेको बताए ।

    त्यस्तै, २०७७ सालमै चितवनले पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरू एवं पुराना वामपन्थी नेता खम्बासिंह कुँवर ‘काजी बा’लाई गुमाउनुप¥यो । मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको रोगबाट पीडित उनको २०७७ माघमा भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भयो ।

    २०३३ सालमा प्रचण्डले गोरखाको आरूघाटमा उनै खम्बासिंह कुँवरबाट पार्टीको सदस्यता लिएका थिए, जतिबेला प्रचण्ड गोरखाको आरूघाटमा शिक्षक थिए । कुँवरसँग प्रचण्डले चौँथो महाधिवेशन (चौम) पार्टीको सदस्यता लिएका थिए ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू अहिले योे ठाउँमा आइपुगेको काजी बाको कारणले भएको बताउँदै आएका छन् । पुराना वामपन्थी नेता खम्बासिंहको पार्थिव शरीरमा पार्टीको झन्डासमेत अध्यक्ष प्रचण्डले ओढाएका थिए । काजी बाको देवघाटमा अन्तिम संस्कारमा समेत उनी पुगेका थिए ।

    २०७७ साल असोजमा कम्युनिस्ट आन्दोलनका अर्का धरोहरको रुपमा परिचित जगतबहादुर श्रेष्ठको निधन भयो । उच्च रक्तचाप र मधुमेहबाट ग्रसित उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । मोहन वैद्य ‘किरण’निकटको नेकपा माओवादी क्रान्तिकारी पार्टीका केन्द्रीय सल्लाहकारसमेत रहेका श्रेष्ठले चितवनको कम्युनिस्ट आन्दोलनलाई उच्च स्थानमा पु¥याउन मह¤वपूर्ण भूमिका खेलेका थिए ।

    तत्कालीन समयमा जगतबहादुर श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका केन्द्रीय सल्लाहकार थिए । विसं २०१५ सालमा गोरखा क्षेत्र नं १ बाट कम्युनिस्ट पार्टीका तर्फबाट उमेदवार बनेका उनी चितवनमा स्थापित नेताभित्र पर्थे । तत्कालीन माओवादी पार्टी विभाजनपछि वैद्यनिकटको माओवादी पार्टीमा भए पनि समग्र नेपालको कम्युनिस्ट आन्दोलनमा उनको भूमिका विशेष रहेको माओवादी केन्द्रका नेता यमबहादुर परियार ‘इन्द्रजीत’ बताउँछन् । २०७७ सालमा जगतबहादुरजस्ता कम्युनिस्ट आन्दोलनको धरोहरलाई चितवन जिल्लाले गुमायो ।

    शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.