• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनचाँदीको मूल्य बढ्यो

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

वैशाख दोस्रो साता भारतबाट १० लाख डोज खोप आउँदै


  •   शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित
  • सेरम इन्स्टिच्युटबाट खरिद गरेको कोभिड– १९ विरुद्धको १० लाख डोज कोभिसिल्ड खोप वैशाख दोस्रो सातासम्म नेपालमा उपलब्ध गराइदिने आश्वासन भारत सरकारले दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी डा. एस. जयशंकरबीच २७ चैतमा भएको टेलिफोन वार्तापछि नेपालले छिट्टै खोप पाउने सम्भावना बढेको छ । आन्तरिक खपतका कारण खोप निर्यातमा अल्पकालीन रोक लगाएकाले नेपालमा बाँकी खोप आउन ढिलाइ भएको भारतले जवाफ दिएको छ ।

    Advertisement

    दुई मन्त्रीको टेलिफोन वार्तापछि खोप छिटो आपूर्तिका लागि अनुकूल अवस्था बनेको दिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले बताए । ‘भारतबाट खोप खरिदका लागि अग्रिम भुक्तानी दिएका र प्रतीक्षा गरिरहेका हामी मात्रै होइन, बेलायत, साउदी अरब, बहराइनलगायतका देश छन् । भारत सरकारले चाँडै नै निर्यात खुला गर्ने र त्यसक्रममा सबैभन्दा पहिला नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउँछौँ भन्ने वचन पाएका छौँ,’ सुवेदीले नयाँ पत्रिकासँग भने, ‘दुईजना मन्त्रीज्यूहरूबीच कुराकानी भएपछि अनुकूल अवस्था बनेको छ ।’ परराष्ट्र मन्त्रालय स्रोतका अनुसार वैशाख १५ भित्र खोप नेपाल आइपुग्ने आश्वासन नेपालले पाएको छ ।

    नेपालले भारतको सेरम इन्स्टिच्युटसँग १० लाख डोज खोप खरिद गर्ने सहमति गरेको थियो । सेरम भारतीय सरकारी कम्पनी नभएका कारण दुई सरकारबीच जिटुजी खरिद सम्झौता भएन । नेपाल सरकारले सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि सुरुमै ८० प्रतिशत अग्रिम भुक्तानी गरिसकेको छ । नेपालले १० लाख डोज खोप ल्याइसकेको छ भने १० लाख डोज बाँकी छ । बाँकी खोप समयमा नआउँदा नेपालमा दोस्रो चरणको खोप अभियान प्रभावित हुने अवस्था आएको छ ।

    पटक–पटक ताकेता गर्दा पनि सेरमले बाँकी खोप पठाउन नमानेपछि परराष्ट्रमन्त्री ज्ञवालीले कूटनीतिक पहल गरेका थिए । २७ चैतमा भएको टेलिफोन संवादमा उनले दोस्रो चरणको खोपका लागि भारतबाट खोप प्रतीक्षा गरेको बताएका थिए । ज्ञवालीले भारतबाट खरिद भएको खोप नआए दोस्रो चरणको खोप कार्यक्रम नै प्रभावित हुने र नेपाललाई अत्यन्त अप्ठ्यारो पर्ने भन्दै सहजीकरणका लागि आग्रह गरेका थिए । भारतीय विदेशमन्त्री जयशंकरले नेपाललाई खोप उपलब्ध गराइदिने आश्वासन दिएका थिए । स्रोतका अनुसार नेपाल र भारतका परराष्ट्र मन्त्रालयका अधिकारीबीच चरणबद्ध रूपमा यसबारे छलफल हुँदै आएको थियो ।

    ‘कूटनीतिक च्यानलमा भएको निरन्तरको संवाद, छलफल र पत्राचारको परिणामका रूपमा दुईजना परराष्ट्रमन्त्रीको टेलिफोन संवाद हुने अवस्था सिर्जना भयो,’ एकजना कूटनीतिक अधिकारीले भने, ‘दुईजना परराष्ट्रमन्त्री खोपका विषयमा टेलिफोनमा संवाद गर्न तयार भएपछि हाम्रो समस्या समाधान भयो भनेर बुझ्यौँ । अब वैशाखको आधासम्म खोप पाउने आशामा छौँ ।’

    भारतले नेपाललाई अनुदानमा १० लाख डोज खोप उपलब्ध गराएको छ भने नेपालले २० लाख डोज खोप खरिद गरेको छ । खरिद गरेकोमध्ये ‘सेरम इन्स्टिच्युट इन्डिया’बाट १० लाख डोज खोप ल्याउन बाँकी छ । विगतमा भारत सरकारले सहजीकरण गरेपछि सेरम इन्स्टिच्युटले सहुलियत दरमा नेपाललाई खोप उपलब्ध गराएको थियो ।

    ‘उहाँ (परराष्ट्रमन्त्री)ले समकक्षीलाई उच्च जोखिममा रहेका जनतालाई खोपको दोस्रो डोज निरन्तर लगाउन खोप आपूर्तिमा सुगमताका लागि आवश्यक सहजीकरण गरिदिन अनुरोध गर्नुभयो,’ २७ चैतमा परराष्ट्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतका परराष्ट्रमन्त्रीले उहाँ (ज्ञवाली)लाई खोपको आपूर्तिसहित महामारीविरुद्धको लडाइँमा भारत सरकारले निरन्तर सहयोग गर्नेमा आश्वस्त तुल्याउनुभएको छ ।’ परराष्ट्रमन्त्री ज्ञवालीले खोपकै विषयमा चिनियाँ समकक्षी वाङसँग टेलिफोन गरेपछि चीनबाट आठ लाख थान खोप उपलब्ध भएको थियो । खोपकै विषयमा माघ पहिलो साता भारत भ्रमणका वेला परराष्ट्रमन्त्री ज्ञवालीले समकक्षी जयशंकरसँग कुराकानी गरेका थिए । त्यसपछि भारतबाट अनुदानमा १० लाख र खरिद गरेको १० लाख खोप ल्याइएको थियो । भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज खोप बेग्लै उपलब्ध गराएको छ ।

    भारतले नेपाललाई ८ माघमा अनुदानका रूपमा १० लाख डोज कोभिसिल्ड खोप हस्तान्तरण गरेको थियो । उक्त खोप कोभिड महामारीका वेला अग्रमोर्चामा खटिएकालाई लगाइएको थियो । उनीहरूलाई पहिलो चरणको खोप लगाएको पनि दुई महिना भएको छ । त्यसपछि नेपाल सरकारले खरिद गरेर १० लाख डोज खोप ल्याएको थियो । भारतीय सेनाका तर्फबाट नेपाली सेनालाई एक लाख डोज खोप पनि हस्तान्तरण भइसकेको छ । भारतबाट नेपालले अहिलेसम्म जम्मा ११ लाख डोज खोप अनुदानमा पाएको छ । नेपालले १० लाख डोज खरिद गरिसकेको छ भने थप १० लाख डोज खोपको प्रतीक्षामा नेपाल छ ।

    शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.