• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ६. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ७. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

‘उचालिएर पछारिने हामी’: पवन मधुश्री


  •   मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित
  • भारतीय विस्तारवादसँग नाभी जोडेको युरो अमेरिकन साम्राज्यवाद उचालेर पछार्ने मूल चरित्रबाट अघि बढिरहेको छ । सुरूमा ल्याटिन अमेरिका, दक्षिण अफ्रिका, र मध्यपूर्वसम्म हातहतियारले सुसज्जित उपस्थित भएको अमेरिकी साम्राज्यवाद सोभियत सङ्घको विघटनपश्चात् एसिया प्रशान्त क्षेत्रसम्म नयाँ चरित्रमा प्रस्तुत हुँदैछ । यो आलेख साम्राज्यवादका विकेन्द्रित केही विश्वव्यापी साझेदारी झलकहरू उजागर गर्दै नेपालको परिवेशमा टुङ्ग्याइने छ ।

    Advertisement

    १ तेलमाथिको गिद्धे दृष्टिकोण
    इरानसँग सुमधुर सम्बन्ध रहेको अमेरिका सन् १९७९ मा आयतोल्लाह खोमेनीको नेतृत्वमा भएको इस्लामिक क्रान्तिले आफ्ना विश्वासिला मित्र शाहको निरंकुश राजतन्त्र ढलेपछि निकै क्रुद्ध बन्यो । खोमेनीले इस्लाम धर्मअनुसार इरानमा राज्य चलाउन थालेपछि यसअघि खाडी क्षेत्रमा वर्चश्व रहेका तेल कम्पनीहरूमाथि नियन्त्रण कायम राख्न अमेरिकालाई बलियो र विश्वासिलो मित्रको आवश्यकता प¥यो । अमेरिकी आँखामा खाडी क्षेत्रमा इरानलाई टक्कर दिने इराकका तत्कालीन राष्ट्रपति सद्दाम हुसेन उपयुक्त पात्र देखिए ।

    जासुसी सूचना सूचीकृत गर्ने उपकरणसहित अत्यानुधिक हातहतियार र डलरको ओइरो लगाएर अमेरिकाले सद्दाम हुसेनलाई इरानविरुद्ध युद्ध गर्न उक्सायो । अन्ततः सीमा विवादलाई निहुँ बनाएर इराकले ५ सेप्टेम्बर, १९८० मा इरानका तेलक्षेत्रमा भीषण आक्रमण गरी ८, अगस्ट १९८८ मा विजय प्राप्त ग¥यो । अमेरिकी बैशाखी टेकेर शक्ति उन्मादले आफूलाई खाडी क्षेत्रकै भष्मासुर सम्झेका सद्दामले नजिकैको छिमेकी कुवेतसँग पनि निहुँ खोज्यो । अमेरिकाले पनि सद्दामलाई उक्साइरह्यो । अमेरिकी सहयोगले हौसिएको इराकले कुवेतसँग पनि सीमा विवादको निहुँ बनाएर २ अगस्त, १९९० बिहान कुवेतका तेलक्षेत्रलाई लक्षित गरी बमवारी ग¥यो ।

    अन्ततः सद्दामले कुवेतलाई आफ्नो १९ औं प्रान्त घोषणा गरे । खाडी क्षेत्रको तेल भण्डारमाथि गिद्धे दृष्टि लगाएको अमेरिकालाई इरान तहसनहस बनाइसकेपछि इराकको कुनै आवश्यकता थिएन । इरान—इराक आठवर्षे युद्धमा इराकी अर्थतन्त्र जर्जर भइसकेको थियो । इराकी तेल क्षेत्रमाथि एकाधिकार जमाइरहेका पश्चिमा कम्पनीहरूलाई सद्दाम बाधा अड्चन गर्न थालिसकेका थिए । इराकसँग खतरनाक रासायनिक र जैविक हातहतियार रहेको र यी हतियारबाट विश्वलाई नै खतरा उत्पन्न भएको निहुँमा अमेरिकाले सन् १९९० र २००४ मा गरी दुईपटक इराकमाथि आक्रमण ग¥यो । वमबारीबाट मार्ने योजना सफल नभएपछि ४८ जना सिया मुस्लिमहरूको हत्या गरेको मानवताविरोधी अपराधका नाममा सद्दामलाई नियन्त्रणमा लिई ३० डिसेम्बर, २००६ मा अमेरिकी कठपुतली न्यायालयबाट मृत्युदण्ड दिइयो ।

    सन् १९७९ मा अत्याधुनिक हातहतियार र तालिमले सुसज्जित बनाएर अमेरिकाले साउदी अरबका अर्बपति ओसामा बिन लादेनलाई अफगानिस्तानबाट रुसी सेना लखेट्न उपयोग ग¥यो । ११ डिसेम्बर, २००१ मा अमेरिकामा भएको आतंककारी हमलामा तिनै ओसामा बिन लादेनको संलग्नता रहेको र उनी विश्व शान्तिका लागि खतरनाक रहेको आरोपमा २ मे, २०११ मा लादेन मारिए ।

    चीन र तत्कालीन सोभियत सङ्घको पाकिस्तानमा दबदबा देखेर अमेरिकी सहयोगमा सन् १९७० मा भारतले पूर्वी पाकिस्तान विखण्डन गर्न सेख मुजिबुर रहमानलाई उचालेको थियो । अन्ततः सन् १९७१ मा बंगलादेशको जन्म भयो । विश्व मानचित्रमा स्वतन्त्र सार्वभौम राष्ट्रको अस्तित्वमा रहेको हिमाली देश सिक्किम सन् १९७५ मा भारतमा विलय भयो । प्रजातन्त्र स्थापना गरेर हातमा थमाइदिने दिल्लीको ललिपप र रातो कार्पेटको जालमा परेर लेण्डुप दोर्जेले सिक्किम विलय गराएका थिए । लिबरेसन टाइगर्स अफ टमिल इलम (लिट्टे) नामको पृथकतावादी लडाकू दस्ता जन्माएर दिल्लीले श्रीलंकालाई ३० वर्षसम्म गृहयुद्धमा धकेल्न सफल भए पनि देश विखण्डन गर्ने उसको अभीष्ट तुहिएको थियो ।

    २ चीन घेराउको चपेटामा नेपाल
    दक्षिण एसियामा भारतीय विस्तारवादी अभीष्टसँग युरो अमेरिकन साम्राज्यवादी साझेदारीमा विशिष्ट वस्तुस्थितिले काम गरेको छ । सोभियत सङ्घको पतनपछि पश्चिमी पुँजीवादी अर्थव्यवस्थालाई चुनौती दिँदै विश्व महाशक्तिको रूपमा हाम्रो उत्तरी छिमेकी चीन उदाइरहेको छ । पूर्व, पश्चिम र दक्षिणी सीमानामा भारतको उपस्थिति छ । भारतवेष्ठित विवशतामा नेपालको राजनीति सदासर्वदा गिजोलीरहन सकिने र यसैलाई बेसक्याम्प बनाएर चीनविरूद्धको रणनीति सफलीभूत हुने लक्ष्यका साथ दिल्ली उचालिएको छ ।

    प्रतिद्वन्द्वीलाई मजबुत नबनाएसम्म लक्ष्यप्राप्तिको अभीष्ट पूरा हुन नसक्ने सुझबुझका साथ बेइजिङ प्रतिद्वन्दीको रूपमा दिल्लीलाई विकसित गरिँदै छ । श्रीलंका, माल्दिभ्स, सिक्किम, भुटान, कास्मिरलगायतका साना देशहरूमाथिको भारतीय दादागिरी र प्रभुत्वलाई राष्ट्रसङ्घलगायत युरो अमेरिकन मौनता दक्षिण एसियामा उसलाई साम्राज्यवादको बलियो र भरपर्दो साथी बनाउने गुपचुप रणनीतिभित्रको मामिला हो ।

    २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा सहयोगी हात पसारेर नेपाल छिरेको भारत त्यो बेलाको प्रमुख शक्ति नेपाली काङ्ग्रेसमार्फत नेपालको राज्यसत्ता वरिपरि घुम्यो । राजा, काङ्ग्रेस र कम्युनिस्टमध्ये उसको रोजाइमा नेपाली काङ्ग्रेस प¥यो । भारतीय स्वतन्त्रता आन्दोलनमा पनि भाग लिएको र निरंकुश जहानियाँ राणाशासनविरूद्धको आन्दोलनमा नेपाली काङ्ग्रेसको नेतृत्वदायी भूमिका रहेकोले उसमाथि जनविश्वासको छाप परेको र राजा कम्युनिस्टहरूभन्दा आफ्नो अनुकूलतामा परिचालित हुने प्रचुर सम्भावना भएको कारण रोजाइमा नेपाली काङ्ग्रेस नै पर्नु स्वाभाविक थियो ।

    काङ्ग्रेसको पालामा कोशी, गण्डक सम्झौता हुँदै नेपालको परराष्ट्र नीति, गृह तथा रक्षा प्रशासनको रिमोट दिल्लीबाट सञ्चालन हुने गरी भारतीय हस्तक्षेप बढिरहेका बेला राजा महेन्द्रले २०१७ सालमा एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरे । ३० वर्षे पञ्चायतकाल तुलनात्मकरूपले भारतीय हस्तक्षेप कम भएको समय हो ।

    पञ्चायतकालमा नेपालको सिमानामा स्थापना गरिएका भारतीय सुरक्षा चेकपोष्ट २०२७ सालमा हटाइए । प्रतिशोधमा सोही वर्ष भारतले नाकाबन्दी ग¥यो । अर्को पटक २०४५ सालमा चीनबाट हातहतियार खरिद गरेको निहुँमा नेपालले नाकाबन्दी सहनु प¥यो । आफ्नो अभीष्टमा बाधक बनिरहेको नेपालको राजतन्त्रसँग २०४६ सालमा दिल्लीले जनआन्दोलनलाई साथ दिएर राम्रै बदला लियो ।

    २०४६ सालपछि २००७ देखि २०१५ सालको अस्थिर र हस्तक्षेपकारी इतिहास पुनरावृत्ति गरियो । नेपालमा आफ्नो हस्तक्षेपकारी भूमिका स्थापित गर्न यहाँ राजनीतिक अस्थिरताको बिउ रोप्न आवश्यक थियो । २०४८ सालको आमनिर्वाचनमा प्रचण्ड बहुमत प्राप्त दल नेपाली काङ्ग्रेसलाई गुटबन्दीको शिकार बनाइयो । परिणामस्वरूप स्पष्ट बहुमत हुँदाहुँदै पनि नेपाली काङ्ग्रेसको सरकार ३ वर्षभन्दा बढी टिकेन ।

    नेपालको राजनीतिमा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी असाधारण व्यक्तित्वका रूपमा देखा परे । मदन भण्डारीमा देखिएको असाधारण क्षमता र राष्ट्रिय स्वाधीनका पक्षमा उर्लिरहेका उनका अभिव्यक्तिहरूबाट तर्सिएको युरो अमेरिकन साम्राज्यवादको योजनामा उनलाई त्रिशूली नदीमा सेलाइयो ।

    २०५१ सालको मध्यावधि निर्वाचनपछि बनेको नेकपा एमालेको अल्पमतको सरकारले छोटो समयमै राम्रो लक्षण देखाएपछि नौ महिनाभित्र गलहत्ती खानु प¥यो । आशालाग्दो पात्रलाई उचालेर केही समय जनमत लठ्ठयाउने र आकाश पु¥याइसकेपछि उठ्न नसक्ने गरी पातालमा पछार्नु साम्राज्यवादी रणनीतिकै अभियान हो । नौ महिने अल्पमतको सरकारबाट नेकपा एमालेले लोकप्रियता कमाउनु, एकपटक काङ्ग्रेसलाई आकाश पु¥याएर पछारिसकिएको अवस्थाबाट विकसित परिस्थितिमा नयाँ योजनाको चलाखीपूर्ण खोजी गरियो । एउटा ढुङ्गाले दुईवटा चरा मार्ने रणनीतिअनुरूप २०५२ सालमा माओवादीको छनौट र २०५६ सालमा नेकपा एमालेको विभाजनजस्ता परिघटना घटाइए ।

    नेकपा एमालेसँग जनमत भए पनि काङ्ग्रेसले निम्त्याएको कुशासन, गरिबी र बेरोजगारी समस्याले थलिएको समाजमा उथलपुथलको तरंग ल्याउन संसदीय परिपाटीमा अभ्यस्त पार्टीबाट सम्भव थिएन । पुरानो सत्ताको शल्यक्रियाको ध्वाँस देखाएर नयाँ सत्ताका स्वप्निल उमंगका नारा दिनसक्ने उपयुक्त पात्र नेकपा माओवादीको छनौट गरियो ।

    ३ सांस्कृतिक रणनीतिमा साझेदारी
    सभ्यता र संस्कृति समाजको प्राण हो । यसको निर्माणमा हजारौँ वर्षको लगानी हुन्छ । हतियार युद्धले हुने परिवर्तन क्षणिक हुन्छन् । कुनै पनि समाजको सभ्यता र संस्कृति ध्वस्त गर्न सकियो भने त्यसको असर अपूरणीय हुन्छ । पश्चिमी साम्राज्यवाद सभ्यता र संस्कृतिलाई प्रमुख निशाना बनाउँदै बढिरहेको छ । एसिया महादेश सभ्यताको केन्द्र हो । विश्वको करिब ८० प्रतिशत जनसङ्ख्या समेट्ने वैदिक, बौद्ध र इस्लाम सभ्यताको थलो एसिया हो । अफगानिस्तानलाई पूर्वी एसियाबाट सीमांकन हुने गरी मध्यपूर्व र खाडी क्षेत्रको इस्लाम सभ्यता अलग्याउने साम्राज्यवादी अभियान सफल भइसकेको छ । यहाँका मुस्लिम देशहरू एसिया महादेशमा पर्छन् तर एसियाका जस्ता देखिँदैनन् ।

    उनीहरूको मनोविज्ञानमा पूर्वी एसियासँग कुनै साइनो सम्बन्ध छैन । अफगानिस्तानदेखि बर्मासम्मको हिमालयदेखि दक्षिणको वैदिक सभ्यतालाई तीव्र ईसाइकरण गर्ने अभियान जारी छ । यो बौद्ध सभ्यतालाई हिमालयवारि आउनै नदिने र एसियाको करिब ८० प्रतिशत जनसङ्ख्यालाई खण्डीकरण गर्ने साम्राज्यवादी उद्देश्य अनुरूप सभ्यतामाथिको भद्दा आक्रमण हो ।

    साम्राज्यवादी रणनीतिको अर्को अभियान समाजिक विग्रह हो । यसका लागि बहुराष्ट्रवाद, एनजीओकरण, महिलावादको नारा उचालिन्छन् र समाजलाई भ्रष्टीकरणको अखडा बनाइन्छ । नेपालमा द्वन्द्व, द्वेष र असहिष्णुताको बीउ रोपेर जातीय र साम्प्रदायिक राज्यको विगुल फुकिएको छ । गाउँ गाउँमा पसेका एनजीओहरूले नागरिक मनोविज्ञानमा राष्ट्रियताविरुद्ध मन्दविष मिसाइदिएका छन् । राजनीतिक दल, समाज र सञ्चारमाध्यमहरू एनजीओका कठपुतली बन्न अभिसप्त छन् र राज्यको नीति निर्माणमा यिनीहरूको हस्तक्षेपकारी भूमिका छ । प्रकृतिले नै परिपूरकको भूमिका दिएको महिला पुरुषको सम्बन्ध प्रतिद्वन्द्वी र प्रतिस्पर्धाको रूपमा भँजाउन थालिएको छ । महिला अधिकारको नाममा अतिवादी सोच हावी गराइएको छ । राज्य संयन्त्र र संगठनहरू ग्याङ्, माफिया र दलालको कब्जामा राखी विधिको सफाया गरिएको छ ।

    राज्यको स्थायी शक्ति केन्द्र ध्वस्त गरेर राज्य प्रणाली तहसनहस बनाउनु साम्राज्यवादको अर्को हमला हो । नेपालको स्थायी शक्ति केन्द्र भनेकै राजदरबार थियो । २०५८ सम्म आइपुग्दा नेकपा माओवादीको उपयोगमा रणनैतिक औचित्य समाप्त हुन थालेको सङ्केत देखिन लागेपछि दरबार हत्याकाण्ड घटाइयो । स्थायी शक्ति ध्वस्त गरेर मात्र हुँदैन, त्यसको उपादेयता रणनीति कार्यान्वयन गराउनुसँग हुन्छ । नयाँ दिल्लीमा भएको बाह्र बुँदे सहमति दरबार हत्याकाण्डकै एउटा कडी थियो । नयाँ विकसित परिवेशमा सङ्घीयता, समावेशिता र अधिकारका मुद्दामा नेपाली समाजलाई अल्मल्याउनु थियो । यो अभियानमा मधेस र जनजाति आन्दोलनको उठान गरियो ।

    मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ६.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.