• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

त्रिकोणात्मक टि–२० सिरिजः मलेसियाविरुद्ध नेपाल ६९ रनले विजयी


  •   शुक्रबार, बैशाख १०, २०७८ मा प्रकाशित
  • काठमाडौं,

    Advertisement

    काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० सिरिजको राउण्ड रोविन अन्तरगतको अन्तिम खेलमा नेपाल ६९ रनले विजयी भएको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मलेसियालाई ६९ रनले पराजित गर्दै शीर्ष स्थानमा रहन सफल भयो ।

    नेपाल ६ अंकका साथ शीर्ष स्थान, नेदरल्याण्डको ५ अंक र मलेसिया १ अंकका साथ अन्तिम स्थानमा रह्यो । प्रतियोगिताको फाइनलमा शनिबार नेपाल र नेदरल्याण्ड भिड्ने छन् ।

    आज मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले व्याटिङ गर्दै ७ विकेटको क्षतिमा २१७ रन बनाएको थियो । २१८ रनको लक्ष्य पछ्याएको मलेसिया १९.१ ओभरमा १४८ रन बनाउँदै अलआउट हुन पुग्यो । उसका लागि अमिनुदिन राम्लेले सर्वाधिक ४१ रन बनाए । सन्दीप लामिछानेको बलमा क्याच आउट हुनुअघि उनले १८ बलमा १ चौका र ५ छक्का प्रहार गरे । यस्तै कप्तान अहमद फेजले ३१ रन बनाए । सुशन भारीको बलमा क्याच आउट हुनुअघि फेजले २१ बलमा ४ छक्का र एक चौका प्रहार गरे । यस्तै फित्रि सामले १४, विरनदिप सिंहले १३, मुहम्मद वाफिकले १२ रन बनाए । मलेसियाका दुवै ओपनर नेपाली बलरसामु निरिह बने । सायद अजिज ४ र अनवार अरुदिन ६ रनमा आउट भए । यी दुवै ओपनरलाई सोमपाल कामीले आउट गरे ।

    नेपालका लागि डेब्यु गरेका कमल सिंह ऐरीले ३, सोमपाल कामीले ३, सन्दीप लामिछानेले ३, सुशन भारीले एक विकेट लिए । टि–अन्तर्राष्ट्रियमा डेब्यु गरेका कमल सिंह ऐरीले किफायती बलिङ गरे । ३.१ ओभर बलिङ गरेका कमलले मात्र १६ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिए । यस्तै सोमपालले ४ ओभरमा १ मेडन राख्दै २० रन मात्रै खर्चिए । सन्दीपले ४ ओभरमा ४२ रन खर्चिएका थिए भने भारीले ३ ओभरमा ३५ रन खर्चिएका थिए । करन केसीले विना विकेट ४ ओभरमा २७ रन खर्चिए भने दीपेन्द्रले १ ओभरमा विना विकेट ७ रन खर्चिए ।
    यसअघि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो ।

    नेपालका लागि करन केसीले सर्वाधिक ४५ रन बनाए । विस्फोटक पारी खेलेका करनले मात्र १३ बलमा ७ छक्का प्रहार गर्दै ४५ रन बनाए । उनी सायद अजिजको बलमा क्याच आउट भए ।

    ओपनर आशिफ सेखले ४२ रन बनाए । ३२ बल खेलेका आशिफले ३ चौका र ३ छक्का प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले ४१ रन जोडे । २५ बल खेलेका ज्ञानेन्द्रले १ चौका र ४ चौका प्रहार गरे । उपकप्तान दिपेन्द्र सिंह ऐरीले ३३ रन बनाए । १७ बल खेलेका दिपेन्द्रले ५ चौका र १ छक्का प्रहार गरे । युवा अलराउण्डर कुशल मल्ल १९ रनमा अविजित रहे । १० बल खेलेका कुशलले २ छक्का प्रहार गरे । डेब्युसंगै लगातार तीन खेलमा अर्धशतक बनाएर विश्वकिर्तिमान बनाएका ओपनर कुशल भुर्तेल आज भने मात्र १६ रन बनाउन सके । १२ बल खेलेका भुर्तेलले २ छक्का मात्रै प्रहार गरे । उनी मुहम्मद वाफिकको बलमा क्याच आउट भए ।

    विकेटकिपर व्याट्सम्यान विनोद भण्डारी ८ रनमा आउट भए । सोमपाल कामी मात्र २ रनमा आउट हुन पुगे । मलेसियाका लागि सायद अजिज, अनवार रहमान र फित्रि सामले समान २–२ विकेट लिए । मुहम्मद वाफिकले १ विकेट लिए ।

    आजको खेलमा नेपालका सोमपाल कामी प्लेयर अफ दि म्याच घोािषत भए ।

    शुक्रबार, बैशाख १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.