• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चालु वर्षका लागि ३० हजार टन चिनी आयातको तयारी, स्वदेशी उत्पादन भएन पर्याप्त


  •   बुधबार, बैशाख १५, २०७८ मा प्रकाशित
  • काठमाडौं। चालु वर्ष स्वदेशी उत्पादन ८० हजार टनले घटेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३० हजार टन आयात गर्न दिने भएको छ।

    Advertisement

    हरेक वर्ष मन्त्रालयले स्वदेशी चिनीको उत्पादनको अवस्था हेरेर आयात परिमाण निर्धारण गर्ने गरेको छ। अघिल्लो वर्ष जस्तै चालु वर्षका लागि पनि ३० हजार टन चिनी आयात गर्न दिइने मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन। ‘यो वर्ष चिनी उत्पादन घट्यो। पहिलेभन्दा ८० हजार टन कम उत्पादन भएको छ,’ उनले भनिन्, ‘हामीले स्वदेशी उत्पादन १ लाख ८० हजार टनको लक्ष्य राखेका थियौं। उखु खेती घट्दा चिनी लक्ष्यभन्दा कम उत्पादन भएको छ।’

    मन्त्रालयले सरकारी संस्थानलाई भन्सार सहुलियतमा चिनी आयात गर्न दिने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको जानकारी उनले दिइन। अर्थबाट सहमति आएपछि प्रस्ताव मन्त्रिपरिषदले पास गर्नुपर्छ। साल्ट ट्रेडिङ र खाद्य व्यापार कम्पनीले सहुलियत भन्सारमा चिनी आयात गरेर बजारमा हुने अभाव र मूल्य वृद्धि रोक्न सघाउनेछन्।

    ‘बजारको अवस्था हेरेर आयातको योजना बनाएका छौं,’ उनले भनिन्। क्याबिनेटबाट प्रस्ताव स्वीकृत भएपछि ३० हजार टन चिनी असारभित्र र आगामी वर्षमा आयात गर्न सकिने मन्त्रालयले जनाएको छ।

    सामान्यतया नेपाली बजारलाई वार्षिक २ लाख ५० हजार टन चिनीको आवश्यक पर्ने मन्त्रालयको आकलन छ । कारखानाबाट किसानले उखुको भुक्तानी समयमा नपाउँदा हरेक वर्ष स्वदेशी उत्पादन घट्दै छ। पाँच वटा चिनी उद्योग बन्द भइसकेका छन्।

    पाँच महिनासम्म अभाव हुँदैन
    सरकारी र निजी क्षेत्रबाट चिनीको आयात हुने भएकाले बजारमा चिनीको अभाव नहुने प्रवक्ता केसीले बताइन। ‘कोभिडको महामारीका कारण लकडाउन भएपनि चिनीको समस्या हुँदैन,’ उनले भनिन्। यतिबेला सरकारी क्षेत्रबाट नभए पनि निजी क्षेत्रले आयात गरिरहेका छन्।

    हाल निजी क्षेत्रसँग करिब ५३ हजार टन चिनी मौज्दात छ। साल्ट ट्रेडिङसँग पनि स्टकमा चिनी छ। बजारमा अभाव सुरु नहुँदै सरकारले ३० हजार टन पनि भित्र्याउने तयारी गरिरहेकाले संकट नहुने उनको भनाइ छ। चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा करिब १० अर्ब ४२ करोड २७ लाख रुपैयाँको बराबरको चिनी आयात भएको छ। यसमा करिब २० हजार टन चिनी साल्ट ट्रेडिङले आयात गरेको छ।

    सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई सहुलियत भन्सार दरमा ३० हजार टन चिनी आयात गर्न कोटा दिए पनि २० हजार मात्र भित्र्याएका थिए।

    बुधबार, बैशाख १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.