सेवा नै धर्म हो भन्ने मूल नाराका साथ व्यक्तित्व विकासलाई प्रथामिकता दिंदै लिओ क्लब अफ रत्ननगर पिसको अध्यक्षमा लियो निश्चल ढकाल चयन हुनुभएको छ ।
लायन्स क्लव अफ रन्त्नगर पिस क्लबको स्पोन्सर क्लवको रूपमा रहेको छ। लियो क्लब अफ रत्ननगर पिसमा आवद्ध रहेका युवाहरु नै समाजका भोलिका कर्णधारहरु भएकाले यो बिषम परिस्थितिमा समाजमा स्वयम् सेवा गर्ने मनकारी युवाहरुले समाज सेवा मार्फत सो अभावलाई पुरा गर्ने अपेक्षा गरिएको छ ।
‘लिओ क्लब अफ रत्ननगर पिस’का नव निर्वाचित अध्यक्ष लियो निश्चल ढकाल ” हाम्रो युवा जनशक्तिलाई विभिन्न श्रृजनात्मक तथा उत्पादनशील काममा परिचालन गरी समाजलाई सकारात्मक दिशातर्फ डोहोर्याउन सक्नेछौं भन्ने बिश्वास लिएको बताउनु भएको छ।
‘लिओ क्लब अफ रत्ननगर पिस’को नबगठित कार्यसमितिमा अध्यक्ष: लियो निश्चल ढकाल प्रथम उपाध्यक्ष: लियो आशिक उपर्कोटी द्वितीय उपाध्यक्ष: लियो स्मृति बर्तौला तृतीय उपाध्यक्ष: लियो निशान कडेल सचीव: पुजा बोगटी कोषाध्यक्ष: लियो सन्देश श्रेष्ठ सह सचीव: सन्तोष अर्याल सह कोषाध्यक्ष: शिक्षा खनाल टेमर: अनिश वाग्ले टेल ट्विस्टर: समीर खनाल महिला शसक्त्तिकरण प्रमुख: श्रोङ्गना थापा,
