सरकारले २३ गतेबाट अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेपछि भारतमा हुने उडान भने यथावत नै रहने भएका छन् । कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले बिहीबारबाट लागू हुनेगरी अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो । तर नेपाल भारत उडान भने हप्तामा २ दिन कायमै रहने छन् ।
यो उडान प्रतिवन्ध वैशाख मसान्तसम्म बन्द हुने गरी स्थगित भएको हो ।
भारत र नेपालबीच एयर बबल स्किमअनुसार उडान सुचारु नै रहने भएको हो । भारतबाट आउने यात्रुहरुको हकमा १० दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम बनाइएको छ ।
