ललितपुर । बहुप्रतिभाशाली कलाकार राजा राजेन्द्र पोखरेलले आमाको मुख हेर्ने दिन नजिकिँदै गर्दा आमा जननी मेरी माता बोलको गीत सार्वजनिक गरेका छन् ।
आमाको मुख हेर्ने दिन यस वर्ष बैशाख २८ गते मंगलबार परेको छ ।राजा राजेन्द्रकै स्वर, संगीत तथा शब्दमा तयार गीतको लिरिकल भिडियो राजा राजेन्द्र अफिसियल युट्युब च्यानलमा अपलोड गरिएको छ । गीतको संगीत संयोजन भने दिक्षित पौडेलको छ ।
रेकर्डिङ, मिक्सिङ र मास्टरिङ ज्योती रेकर्डस्मा फिरोज बज्राचार्यले गरेका छन् । लिरिकल भिडियोमा बिराज भण्डारीले पातमा बनाएको कला देखिन्छ । यो भिडियो दिबश हुँमागाई, सन्जिप श्रेष्ठले बनाएका हुन् ।
राजा राजेन्द्र हाँस्य विधामा पनि पोख्त छन् । यसबाहेक उनी गीत गाउँछन्, गीत कम्पोज गर्छन् साथै सञ्चारकर्ममा पनि छन् । यसैले पनि उनी युवा पुस्ताका बहुप्रतिभाशाली कलाकार हुन् ।
