गैर आवासीय नेपाली संघ NRNA को निर्वाचन आउन केही समय मात्र बाकी रहदा विभिन्न पदमा उम्मेद्बारी दिएका उमेदवारहरु प्रचारप्रसारको रस्साकस्सीमा छन चुनाव मुक्खैमा आइपुग्दा उमेदवारहरुले अ आफ्ना भाबी काययोजना आफ्ना भोटर हरु माझमा राखी मत माग्दै छ्न।सरसर्ती हेर्दा हालको चुनाबी सर्गर्मी एक्दमै हेर्ने लाएककोहुनेवाला छ। किन कि चुनाबी माहोल मा भिड्ने उमेवारहरुको ब्यक्तिगत प्रोफाइल देखि समाज सेवामा लागिरहेका हरुकै संख्या ज्यादा छ। कस्ले कतिमत बिश्वासको मत पाएर बिजय हुन्छ सोही समयको पर्खाइमा छन NRN हरु।अ आफ्ना उमेदवारहरुलाइ कसरी जिताउन सकिएला त भनेर सामाजिक सन्जाल देखि थुप्रै माध्यम प्रयोग गरि समर्थकहरुले आफ्नो प्रतिनिधिलाई जिताउन हर्दम कोसिसमा देखिन्छन।
त्यस्तै गरि कोषअध्यक्ष पदको दाबेदारी गरि चुनाबमा होमिनु भएका राजिब प्रसाद श्रेष्ठ पेसाले Aerospace Engineer हुन ।उनी अमेरिकाको Indiana राज्यमा बसोबस गर्दै आएको करिब ११ बर्स भैसकेको छ।उनी अमेरिकामा १९९६ देखी यसै क्षेत्रमा कारैरयत छन । उन्ले अत्याआधुनिक बोईंग B787 विमानको प्रमुक प्रोजेक्ट डिज़ाइन एंजिनीर देखी लिएर, संसारकै सबैभंदा शक्तिशाली लड़ाकू विमान F35 को Life Cycle Cost Manager को कार्यभार समालदै, यस बिमानको बजेटको तर्जुमा अमेरिकी रक्षा विभाग संग गर्ने गहन ज़िम्मेदारी बहन गर्दै आइरहेका छन। उन्को जन्म ललितपुर झम्सिखेल सनेपा १९७१ मा भएको हो र माध्यमिक स्तरको अध्यन आदर्श विद्या मन्दिर (A.V.M) माघ्यमिक विद्यालय बाट गरेपछि, Kathmandu Valley Campus (K.U) बाट I.Sc गरी, USSR को Latvia राज्यबाट Aerospace Engineering मा उनले masters कम्पिट गरेका थीए। उनी पढाईमा ज्यादा तेज त थिएनै समाज सेवाको पाटोमा पनि उत्तिकै लगाव राख्दथे।उन्ले समाज सेवाको सुरुवात NAMI (National alliance of Mentally ill) San Diego CA बाट सुर गरेको बताउछन, जहा South Asian Community लाई सहयोग गर्ने अवसर पाए। उनी भन्छन मानसिकता असंतुलन (रोग) र मदिराको असर बारे बाल बालिका, महिला, पुरूष र परिवार माथी अाऊने समस्याका बारे हाम्रो समाजलाई नजिक बाट बूज़्ने मौक़ा पाए जुन मेरो जिबन्कै उत्कृष्ट लर्निङ पनि मानेको छु।जसकारण पनि म आजसम्म पनि सानाठुला समाज सेवामा बिभिन्न स्तरमा निरन्तर संलग्न छु।
श्रेष्ठका अनुसार सामाजिक कार्यमा संलग्नता हुनुको मुख्य कारण आफ़्नो समुदायलाई सेवागर्ने भित्री इच्छा रहेको बताउछन। आज सम्म उन्को आफ्नो अनुभवहरू साझेदारी गर्दै, हाम्रो समुदायको सामाजिक, आर्थिक जीवन स्तर सुधार गर्न प्रयास र हाल सम्मका उनका अनुभवहरु….
१. Co-chair STI committe NRNA USA 🇺🇸
२. Founding Ch. President Indiana NRNA USA 🇺🇸
३. Founding j. Secretary Nepalese Ass. of Indiana
४. Treasurer-Nepalese Ass. of Indiana (NAI)
५. Vice President NAI. लगायतका छन।Corporate world मा कसरी साना देखी ठुला project हरुलाई अवधारणा (concept) देखी पूर्णत्वको (completion) बाटो मा लग्ने दक्षता हासिल गरे भने, सामाजिक सेवाका क्षेत्रमा कसरी संथालाई स्थापन र बेबस्थापन गरी आर्थिक निर्भरताको बाटोमा लान सकिंन्छ भने कुराको प्रमाणित गरि देखाइ सकेका श्रेष्ठलाई सपोटिभ ह्यान्सहरु थुप्रै छन।
यहि कर्पोरेट र सामाजिक कार्यको अनुभवहरूलाई संगाल्दै, आगामी गैर आवासीय नेपाली संघ राष्ट्र समन्वय परिषद, संयुक्त राज्य अमेरिकाको २०२१-२०२३ कार्यकालका लागी “कोषाध्यक्षको” पदमा उठेका राजिब आफुले देखेका सपना र नया जेनेरेसन्हरुको भबिस्य लाई सबै प्रकारले सहज्ता गराउनु संकल्प रहेको बताउछन।NRN हरुले तपाइलाइनै किन भोट दिने भन्ने सवालमा उनी भन्छन:
मैले आफ्नो प्रतिबद्धता पत्रमा राखेका सबै प्रतिबद्धताहरु प्रती जिम्मेवार नागरिक र पूरा गर्ने सक्ने किसिमका मात्र राखेको हुदा म मेरो कुरामा अडिग छु ।उनले आफ्ना प्रतिबद्धता हरु बारे यसो भन्छन:
(Team work and Less Talk, more Action)
१.) NRNA USA को बिधान र Internal Revenue Service (IRS) को non profit organization को मापदण्डको परधीभित्र रही ज़िम्मेदारी (Fiduciary duty) निभाऊने ।
२.) NRNA USA का कार्यनीति र अवधारणाहरुलाई, मूर्तरूप दिन र ठोसकार्यमा परिवर्तन गर्न आर्थिक बिस्लेसन गरी प्राथमिकताका आधारमा स्रोत र साधन जुटाई, कार्यान्वयन गर्ने ।
३.) अमेरिका र नेपाल बीचको ढोहोरो कर प्रणालीलाई हटाऊँन अमेरिक़ी सरकार, U.S. Congress र नेपाल सरकार र ICC संग समन्वय (liaison) को पहललाई प्राथमिकता ४.) अर्थ नीतिमा ICC संग संयोजन गरी, नेपाल सरकारलाई “Nepal foreign investment & technology transfer Act 2019” मा NRN हरुलाई विशेष प्रावधान प्रदान गरी मातृभूमिका सम्पूर्ण शुभचिन्तक NRN ले क़ानूनी तौरबाट
लगानीको क्षेत्र मा सीमा बिना र न्यूनतम लगानीको सीमा बिना सामूहिक वा बेक्तिगत तवरबाट गर्ने सक्ने र लगानीको फललाई बेबस्तित तारिकबाट फरकाऊँन सक्ने क़ानूनको लाई पहल गर्ने ।
५). NRNA USA को सफलताको लागी म एनसीसी बोर्ड (NCC board), आईसीसी (ICC), State Chapter, विभिन्न स्थानीय समुदायिक संग संगठन, सरकारी/गैर सरकारी निकाय, बौद्धिक र व्यवसायिक समुदायसँगको सहयोग, सहकार्यमा दृढ विश्वास गर्दछु र यसैका आधार NRNA NCC USA को आर्थिक नीति निर्माण र कार्यान्वयन गर्ने। उनी थप्छन ” समग्रमा भन्नू पर्दा मेरो विस्तृत बिचार कसरी NRNA NCC USA लाई आर्थिक स्थिरता र आत्मनिभर्तरताको बाटोमा लगी हामीले अमेरिककामा बसोबास गर्दै आऊनु भएका NRN हरूको सामाजिक आर्थिक जीवन (Socio Economic Status) लाइ विकसित गर्ने सकिन्छ, हाम्रो दोस्रो पूस्तालाई NRNA USA र मात्रीभूमि नेपाल संग जोड़ने पुल (bridge) कसरी निर्माण सकिन्छ र मातृभूमिको लागी के कस्ता परियोजनाको विकास गरी नेपालीको मन र विश्वास जित्न सकिन्छ भन्ने नै हो। म बोलिमा भन्दा काममा विश्वास गर्ने मान्छे भएको हुँदा आगामी चुनाबमा आफ्नो अनुभव अनि अगाडि दिनहरुका काम्हरुलाइ र दिर्घकालिन दिगो सोचाईलाई मूल्यांकन गरी NRNA NCC U को निर्वाचनमा आफुलाइ पुर्ण साथ सहयोग र समर्थन छ भन्ने बताउँछन।
गैर आवासीय नेपाली संघ NRNA को निर्वाचनमा राजिब श्रेष्ठको कोषाध्यक्षमा उम्मेदवारी
गैर आवासीय नेपाली संघ NRNA को निर्वाचनमा राजिब श्रेष्ठको कोषाध्यक्षमा उम्मेदवारी
तपाईको प्रतिक्रिया
