काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीबाट संक्रमित नागरिकको उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य उपकरणको तत्काल व्यवस्थापन गर्न निर्देशन दिएका छन् । विभिन्न मन्त्री, अस्पतालका सञ्चालक, चिकित्सक, विज्ञ, अक्सिजन उत्पादक, वितरक, निजी क्षेत्र र सरकारी निकायसँग शनिबार बालुवाटारमा विशेष छलफल आयोजना गर्दै उनले मानव जीवन रक्षाका लागि तीव्र रफ्तारमा काम गर्न निर्देशन दिएका हुन् ।
कोरोनाको दोस्रो भेरियन्ट संक्रमणका सन्दर्भमा आयोजित विशेष छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यसको नियन्त्रणका लागि सरकारले चालेका कदमका विषयमा जानकारी दिंदै विभिन्न निकायले गर्नुपर्ने कामबारे पनि निर्देशन दिएका छन् ।
