काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले क्लबसँग नयाँ सम्झौता गरेका छन् । उनले रियलसँग सन् २०२२ को जुन अन्तिमसम्मका लागि सम्झौता नविकरण गरेका हुन् । ३५ वर्षीय क्रोएसियन मिडफिल्डर मोड्रिच सन् २०१२ मा इंग्लिस क्लब टोटेनहमबाट रियल आएका थिए ।
रियलका लागि मोड्रिचले चार पटक च्याम्पियन्स लिग, ३ पटक फिफा क्लब विश्वकप र २ पटक ला लिगा जितेका छन् भने एक पटक कोपा डेल रे जितेका छन् । सन् २०२०/२१ सिजनमा मोड्रिचले सबै प्रतियोगितामा गरि ४८ खेल खेलेका छन् ।
विश्वको उत्कृष्ट क्लबमा निरन्तर पाउँदा खुसी र गर्व लागेको मोड्रिचले बताएका छन् ।
