काठमाडौं – मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
सरकारले आज अध्यादेशमार्फत् बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । आजको मन्त्रिपरिषद् बैठकमा आर्थिक वर्ष २०७८र७९ को बजेटको बिषयमा छलफल हुने बताइएको छ ।
शनिवार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने तयारी गरिएको छ ।
अर्थमन्त्री पौडेलले शनिवार दिउँसो विपक्षी दलका नेता, सबै मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्यहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा बजेट सार्वजनिक गर्नेछन् ।
