काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, मन्त्रालयका अनुसार आज थप ७२१९ जना कोरोना संक्रमणमुक्त भएका छन्।
यो सँगै नेपालमा कोरोना मुक्त हुनेको जम्मा संख्या ४ लाख ६१ हजार ५ सय ६३ जना छन्। यस्तै १ लाख १ हजार ९९३ जना कोरोना संक्रमित उपचाररत छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १०१ जनाको ज्यान गएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७५४६ जना पुगेका छन्।
