काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा प्रधानमन्त्रीले पार्टी एकतामा जोड दिएका छन् । आइतबार साझँ एक विज्ञप्ति जारी गर्दै ओलीले माधव कुमार नेपाल समुहको मागअनुसार पार्टी एकताका लागि २०७५ जेठ ३ अघिको अवस्थामा फर्किने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले पार्टीभित्रका समस्या समाधान गर्न र पार्टीको एकता रक्षा गर्न जोड दिदै ६ बुँदे प्रस्तावसहित आह्वान गरेका छन् ।
उनले पहिलो बुँदामा भनेका छन् – ‘नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन् ।’
उनले पार्टीलाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रुपले एकतावद्ध,अनुशासित र अझ सुदृढ बनाउन रचनात्मक योगदान गर्न सबैलाई निर्देशन दिएका छन् ।


