काठमाडौं । काठमाडौंको बौद्धस्थित नयाँबस्ती टाउनप्लानिङ क्षेत्रमा बोराभित्र शव भेटिएको छ ।
बोरामा पोको बनाएर फालेको अवस्थामा शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ ।
यस्तै हत्या गरेर फालिएको हुन सक्ने आशंकामा अनुसन्धान तालिम प्राप्त कुकुर सहित महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंह घटनास्थल पुगेका छन्।
