काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहिबार बस्ने भएको छ । बैठक बिहिबार दिउँसो २ बजे केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहनेछ ।
बैठकमा भदौ १६ गतेबाट हुने भनिएको पार्टीको १४ औं महाधिवेशनको बिषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।
गएको शनिवार बसेको पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी भदौं १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो । सोही बिषयमा आज छलफल हुनेछ ।
