काठमाडौं । आईतबार देशभर सामान्य देखि पुर्ण बदली रहि बागमती तथा प्रदेश नं १ को थोरै स्थानहरुमा हल्का देखि मध्यम पानी परिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा देखिन्छ ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रप्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।
त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ ।
देशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेकोले पहाडी भू-भागमा पहिरोको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन मौसम विभागले अनुरोध गरेको छ।
