काठमाडौं – युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा इटालीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा इटालीले अष्ट्रियालाई पराजित गरेको हो ।
उक्त खेलको अन्तिम समयसम्म दुवै टिमबाट कुनै गोल हुन सकेन । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि इटालीले वैकल्पिक खेलाडीको दुई गोलमा २-१ गोलको जित निकाल्यो ।
खेलको ९५ औं मिनेटमा इटालीका वैकल्पिक खेलाडी फेडेरिको किएजाले गोल गरे । त्यसपछि अतिरिक्त समयको १ सय ६ औं मिनेटमा डोनारुम्माले गोल गरे । त्यसपछि खेल सकिन ५ मिनेट बाकीँ रहदा इटालीका फरवार्ड सासा कालाज्डिचले गोल गे ।
जितसँगै इटाली क्वाटरफाइनलमा प्रबेश गरेको छ । अब क्वाटरफाइनलमा आइतबार हुने बेल्जियम र पोर्चुगलबीच खेलको विजेतासँग खेल्नेछ ।
