काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा विहान सवा ९ बजेबाट बैठक सुरु भएको हो ।
निर्धारित समय भन्दा एक घण्टा ढिलो गरी माधव नेपाल समूहका नेताहरु वार्तास्थल छिरेका छन् । उनीहरु कोटेश्वरमा वरिष्ठ नेता नेपालसँग छलफल गरेर सिंहदरबारस्थित वार्तास्थलमा पुगेका हुन् ।
अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका सदस्यहरु ८ बजे नै बैठकस्थल पुगिसकेका थिए । आजको बैठकले सहमतिको मस्यौदा तयार तयार गर्ने कार्यदल सदस्यको दाबी छ ।
