काठमाडौँ – सरकारले काठमाडौँमा कोरोनाभाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगित गरेको छ । खोप अभाव भएपछि सरकारले काठमाडौंमा खोप खभियान स्थगित गरेको हो । काठमाडौंमा यही असार २९ गतेदेखि शुरु भएको अभियान शुरु भएको थियो ।
काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले शुक्रबार सूचना जारी गर्दै यसबारे जानकारी दिएका हुन् । उनले स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्थगन गरिएको जानकारी दिए ।
खोप अभियान यही साउन दुई गतेसम्म सञ्चालन गर्ने भनिएको थियो । अभियानका लागि काठमाडौँ जिल्लामा ४४ खोप केन्द्रबाट खोप उपलब्ध गराउँदै आइरहेको थियो । भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका नागरिकलाई उपलब्ध गराइएको थियो ।
