काठमाडौं – विश्व चर्चित खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सामाजिक सञ्जालमा नयाँ कीर्तिमान बनाएका छन् । आलै बार्सिलोना क्लबसँग नयाँ सम्झौता गरेका मेस्सी सामाजिक सञ्जालमा निकै सक्रिय छन् ।

उनले राखेको हरेक तस्बिरमा निकै शेयर र लाइक आउने गर्छ । यस्तै उनले हालै इन्स्टाग्राममा शेयर गरेको एक तस्बिरले नयाँ कीर्तिमान कायम गरेको छ ।
उनले हालै अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए । त्यति मात्र होइन उनले अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय उपाधि पनि दिलाउन सफल भएका थिए ।

कोपा उपाधिसँगै उनले शेयर गरेको फोटो इन्स्टाग्राममा सबैभन्दा धेरै लाइक पाएको छ । उक्त तस्बिर सबैभन्दा धेरै लाइक पाउने खेलाडीको तस्बिर भएको छ ।
उक्त तस्बिरले हालसम्म २० मिलियन लाइक पाएको छ । उक्त तस्बिरमा मेस्सीले एक्लै बसेर सिल समातेका छन् । यस्तै ग्रुपका तस्बिरले ११ मिलियन लाइक पाएको छ ।
