नेकपाका संस्थापक पुष्पलालको आज ४३ औँ स्मृति दिवस मनाईंदै
नेकपाका संस्थापक पुष्पलालको आज ४३ औँ स्मृति दिवस मनाईंदै
तपाईको प्रतिक्रिया
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४३ औँ स्मृति दिवस परेको छ । आज उनको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका उनको २०३५ साल साउन ७ गते भारतमा उपचारको क्रममा निधन भएको थियो । उनले विसं २००६ वैशाख १० गते नेपालमा पहिलोपटक कम्युनिष्ट पार्टी स्थापना गरेका थिए ।
कम्युनिष्ट पार्टीको स्थापनापछि उनले ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपालीमा अनुवाद गरेका थिए । उनले आफ्नो जीवनभर नागरिकको स्वतन्त्रताका लागि संघर्ष गरेका थिए ।