काठमाडौं – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पछिल्लो समय राजनीतिक भेटघाटलाई तिव्र पारेका छन् । शनिवार पनि विप्लवले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र नेकपा एमाले नेता रामबहादुर थापा ‘बादल’लाई छुट्टाछुट्टै भेटेका छन् ।
आज विप्लव, खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर नेता बादललाई भेट्न उनको निवास पुगेका हुन् । उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
केपी शर्मा ओली सरकारको बहिगर्मनलगत्तै सक्रिय बनेका विप्लवले यसअघि शुक्रबार विप्लवले राप्रपाका अध्यक्ष कमल थापासँग भेटवार्ता गरेका थिए ।
यस्तै उनले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा संघीय परिषद अध्यक्ष डा।बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ सँग पनि भेटवार्ता गरिसकेका छन् ।
