काठमाडौं – गएराती सम्पन्न मैत्रीपुर्ण खेलमा बार्सिलोनाका फरवार्ड मेम्फिस डिपाएले राम्रो प्रदर्शन गरे । हालै बार्सिलोनामा आएका डिपाएले पहिलो खेलमै गोल गरे । डेब्यु खेलमा नै गोल गरेपछि उनी अहिले चर्चामा छन् ।
गएराती भएको खेलमा बार्सिलोनाले जिरोनालाई ३–१ गोलले पराजित गर्यो । उक्त खेलको २१औ मिनेटमा बार्सिलोनाका जेरार्ड पिकेले गोल गरी टिमलाई अग्रता दिलाए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
त्यसपछि खेलको २४औं मिनेटमा रे मानाजले गोल गरी बार्सिलोनालाई अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ४२औं मिनेटमा सामु सेइजले गोल गरे । त्यसपछि ८५औं मिनेटमा डिपाएले गोल गोल गरे ।
