• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

चितवनमा मनाईयो बाघ दिवस : मानव र बाघको द्धन्द्ध कम गराउने उपाय खोज्न अपिल


  •   बिहिबार, साउन १४, २०७८ मा प्रकाशित
  • चितवन : चितवनसहित देशैभर आज विश्व बाघ दिवस विधि कार्यक्रम गरि मनाईएको छ । ‘बाघको अस्तित्वः मानवको दायित्व’ भन्ने मूल नाराका साथ मनाईएको दिवसमा यो पटक चितवन राष्ट्रिय निकुञ्जमा भने बाघ संरक्षणमा देखिएको चुनौती र मानव र वन्यजन्तु द्धन्द्ध कम कसरी गराउने भन्ने विषयमा अन्र्तक्रिया गरियो । सो अवसरमा नेपालमा बाघ संख्या दोब्बर बनाउने लक्ष्य नजिक पुगे पनि बासस्थान, चरण र आहारा व्यवस्थापनमा चुनौती देखापरेको संरक्षणकर्मीहरुले औल्याएका छन् । उनीहरु बाघ संरक्षण देखिएको समस्या र चुनौतीलाई आत्मसाथ गर्दै मानव र बाघको द्धन्द्ध कम गराउने उपाय छिटो भन्दा छिटो खोज्न अपिल पनि गरेका छन् । यस्तै बाघको बासस्थानको पहिचान र सम्भाव्यता अध्ययन गरि अगाडी बढ्न सुझाव पनि दिए ।

    Advertisement

    नेपालले सन् २०१० लाई आधार वर्ष मानी सन् २०२२ सम्म बाघको संख्या १२१ बाट दोब्बर बढाई २५० पु¥याउने लक्ष्य राखेकामा हाल यो संख्या २३५ पुगिसकेकोले अब संरक्षणमा विशेष रणनीति आवश्य भएको बताएका छन् ।
    उनीहरुले बाघको संख्या वृद्धि गर्ने सवालमा सफलतासँगै चुनौती रहेको भन्दै विशेष रणनीतिक योजनामार्फत संरक्षणमा जुट्न सरकारसँग माग पनि गरेका छन् ।
    सबै भन्दा धेरै बाघको संख्या रहेको चितवनमा आहारा प्रजातिको घनत्व निकै राम्रो भएकाले पाटे बाघको बासस्थानसमेत राम्रो अवस्थमा रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।
    उनले पाटे बाघका आहारा प्रजातिका लागि चरन क्षेत्रमा सुधारसँगै पानीको कमी हुन नदिन निकुञ्जभित्र कृत्रिम पोखरी निर्माण गरी निरन्तररूपमा पानीको व्यवस्था गरिँदै आएको छ
    मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि घटना भइसकेपछि राहत वितरणलाई सरलीकरण गर्ने, घाइते बाघका लागि उद्धार केन्द्र व्यवस्थित गर्ने कार्य समेत तीव्र बनाएको बताए ।
    बरालले बाघ र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्नेमा जोड दिदै वनमा आश्रित हुन बाध्य समुदायलाई समयमै वैकल्पिक पेशामा लगाउन सकिएमा द्वन्द्व घट्ने तर्क गरे ।
    दुर्लभ एकसिङ्गे गैँडा र बाघको संरक्षणमा केन्द्रित यस निकुञ्जका प्रमुख बराल गैँडाको चोरीशिकार भएको थाहा हुने भए पनि तस्करले बाघ मारेर अवशेष नछोडी लान सक्ने भएकाले चोरीशिकारी नियन्त्रणमा फरक रणनीतिका साथ लाग्नुपर्ने बताउछन् ।
    कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जौविक विविधता सूचना केन्द्रका प्रमुख डा. बाबुराम लामिछानेले पछिल्ला दिन बाघ संरक्षणमा मानविय विकास बाधक देखिएको यसमा ध्यान जरुरी रहेको बताए ।
    कार्यक्रममा ताल परियोजनाका प्रमुख रामचन्द्र खतिवडाले बाघको संख्या विश्वमा उपलब्धी हासिल नगरे पनि नेपालले हासिल गर्ने दावी गर्दै बाघ संरक्षणमा नयाँ रणनीति आवश्यक भएको बताए ।
    चितवनमा गत साल एउटा मात्रै बाघ कालगति मर्यो । भने दुई समस्याग्रस्त भएर डार्ट गरेर निकुञ्जको हेरचाहमा कसरा र सौराहामा पालिएको छ ।
    पत्रकार ईश्वर जोशीसहित १० जना सम्मानित
    दिवसकै अवसरमा चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तु पिडित परिवारका बालबालिका ३० जना बालबालिकाहरुलाई जनही ८ हजार रुपैयाका दर छात्रवृत्रि रकम र १० जना निकुञ्जका कर्मचारी, पत्रकार सेना, सामाजिक संघ संस्थालाई पुरस्कारसहित सम्मानपत्रले सम्मानित गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए ।
    सो अवसरमा नेपाल टेलिभिजन चितवन संवाददाता ईश्वर जोशीसहित कान्तिपुर दैनिक पत्रकार रमेशकुमार पौडेल, निकुञ्जका रेन्जर दिनेश चौधरी, सिनियर गेम स्काउट रामजुलु यादव, हात्ती माउत्तृे अमृता महत्तो, गोही प्रजनन केन्द्रका बोटमेन मणिराज महत्तो, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको खड्ग दल गणका सहसेनानी आस्विन मल्ल, राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु प्राविधिक किरण रिजाल, कालिका सामुदायिक वनका अध्यक्ष माधव गिरी, मृगकुञ्ज उपभोक्ता समितिका कार्यालय सचिव यौवन पराजुलीलाई सम्मान गरिएको हो ।

    संरक्षणमा योगदान पुर्याएको भन्दै चितवनका २ पत्रकारसहित १० जनालाई सम्मान गरिएको छ । जोशी नेपाल टेलिभिनसहित विविसी नेपाली सेवा समेत आवद्ध छन् ।

    कार्यक्रमका प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पत्रकारद्धय जोशी र पौडेलसहित दशै जनालाई नगद १० हजार रुपैँया सहित खादा र सम्मानपत्रले सम्मान गरेका थिए । पत्रकार जोशी र पौडेल चितवनमा लामो समयदेखि पत्रकारितामा कृयाशिल छन् ।

    नेपालमा सन् २००९ गणना नेपालमा १ सय २१ बाघ रहेकोमामा सन् २०२२ मा २ सय ५० पुराउने लक्ष्य रहेको छ । २०१८ गणना अनुसार नेपालमा २ सय ३५ वटा रहेका छन् । चितवनमा ९३ वटा चितवनमा रहेका छन् ।

    बिहिबार, साउन १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.