चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १८ चनौलि स्थित संचालन उन्मुख रहेको चितवन चनौलि शीतभण्डार सहकारी संस्था लि. मा कुलिङ्ग सिस्टमका लागि जडान गरिएको मेशिनहरुको संस्थाको संचालक समिति, लेखा समिति लगायत सम्र्पुण समिति उप—समितिका पदाधिकारीहरु र शुभचिन्तक शेयर सदस्य महानुभावहरुको रोहवरमा संस्थाका अध्यक्ष श्री सूर्यमणि पौडेलज्यू बाट आज मिति २०७८ श्रावण १८ गते शुभ साइतमा सफलतापुर्वक प्राविधिक परिक्षण शुभारम्भ गरिएको संस्थाले जनाएको छ ।
नेपाल मुलत कृषि प्रधान देश हो । राज्यको आयस्रोतको ठूलो हिस्सा यसैले ओगटेको छ । यद्धपि यसलाई चाहिने जति व्यवसायीकरण गर्न सकिरहिएको छैन । कृषि पेशामा रहेका किसानहरुले मुनाफा आर्जन हासिल गर्न सक्नु त कता हो कता आफ्नो उत्पादन लागतबाट समेत बञ्चित हुनु परी रहेको सन्दर्भमा उत्पादन कर्ता र उपभोक्ता बिच रहेका थुप्रै बिचौलीयालाई निरुत्साहित गर्न सक्ने वातावरणको शुरुवात सामुहिक रुपमा सहकारीका माध्यमहरुबाट राज्यको सिधा निगरानी र पूर्ण वा आंशिक अनुदानमा कृषि पेशालाई समय सापेक्ष आधुनिकरण गरी ति लक्षित वर्ग ,किसान , गरीब , निमुखाहरुलाई उनीहरुको उत्पादकत्वमा अभिवृद्धि गराई अक्तिरिक्त नाफाको सुरक्षित गराउन सके कृषि त्रान्तिका माध्यमबाट राज्यको अर्थतन्त्रको बलियो आधारको रुपमा कृषि व्यवसाय रहने छ भन्ने विश्वास लिइ नेपाल सरकारले ५० प्रतिशत अनुदान उपलब्ध गराउने शर्त अनुरुप निर्माण गरिएको होे ।
