काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमाओवादीका चार नेतालाई सांसद पदमा पुनर्बहालीन गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
माओवादी त्यागेर एमालेका गएपछि कारबाहीमा परेका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले आफूलाई प्रतिनिधि सभा सदस्यमा पुनर्बहालीका लागि अन्तरिम आदेश जारी गर्न माग गरेपनि सर्वाेच्च अदालतले अस्वीकार गरेको छ ।
सांसद पद पुनर्बहाली गरीपाऊँ भन्दै उनीहरुले दायर गरेको रिटमाथि सोमबार सुनुवाइ गर्दै सर्वाेच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेका हुन् ।
एमालेमा गएपछि माओवादीले कारबाही गरेपछि उनीको सांसद र मन्त्री दुवै पद गुमेको थियो । केही समयअघि माओवादी अवैध भएकाले खारेजीको माग राखेर निर्वाचन आयोग पुगेका उनीहरु अन्ततः माओवादी सांसदमा पुनर्बहालीको माग राखेर सर्वाेच्च अदालत पुगेका हुन् ।
तर, अदालतले जारी गरेको आदेशमा माओवादीले सांसदबाट पदमुक्त गर्ने निर्णय कानुन सम्मत नै उल्लेख छ ।



