काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक मंगलबार बस्दैछ । मंगलबार दिउँसो १ बजेका लागि बैठक तय भएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्नेछन् । यस्तै शोक प्रस्तावसम्बन्धी कार्यसूची पनि रहेको छ ।
तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालमा निर्वाचित सांसद अकबरबहादुर सिंहको ९० वर्षको उमेरमा गत साउन १५ गते मृत्यु भएको थियो । उनी दार्चुला क्षेत्र नम्बर २ बाट सो समयमा निर्वाचित भएका थिए ।
