काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
मंगलबार बिहान नेता ठाकुर शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । शेरबहादुर देउवालाई भेट्न ठाकुरसहित अन्य ३ जना पनि पुगेका हुन् । भेटमा ठाकुरले देउवासमक्ष चाँडो दल विभाजन गर्ने अध्यादेश ल्याउन माग गरेको बताइएको छ ।
जसपाको आधिकारिकता नपाएपछि अप्ठेरोमा परेका ठाकुरले शेरबहादुर देउवालाई यस्तो आग्रह गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार संसद्को चालु अधिवेशन अन्त्य भएको छ ।
यससँगै देउवाले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने चर्चा चलिरहेको छ । जसपाको उपेन्द्र यादव पक्ष भने दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएमा अफ्ठ्यारोमा पर्न सक्ने देखिन्छ । यसै कारण यस अध्यादेश ल्याउने चर्चाले उपेन्द्र पक्ष झस्किएको छ ।
