• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

वर्षायाममै खानेपानीको चरम अभाव


  •   बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
  • लक्ष्मी गारु, भादगाउँ, भदौ २ गते । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानी वितरणमा विभेद गर्दा वर्षायाममा पनि भक्तपुर नगरपालिकाका केही स्थानमा खानेपानीको चरम अभाव देखिएको छ । केयुकेएलले नगरका केही स्थानमा दिन बिराएर पानी वितरण गर्दै आए पनि केही स्थानमा पाँच दिनको एकपटक, कतै हप्तामा एक दिन र कतै तीन हप्तामा एक दिन पानी वितरण गर्दै आइरहेको छ ।

    Advertisement

    पानी वितरणमा यसरी विभेद गर्दा भक्तपुर–४ र ५ का विभिन्न टोलमा खानेपानीको चरम अभाव देखिएको हो । “तीन हप्ता भयो धारामा पानी आएको छैन । सबै ठाउँमा आउने हामीकहाँ मात्र नआउने भन्ने नि हुन्छ रु कति किनेर खानु रु”, भक्तपुर–४ की हीरादेवी श्रेष्ठले प्रश्न गर्दै भन्नुभयो, “गत सातामै धारा खोल्नुपर्ने अहिलेसम्म आएको छैन । आज त धारा खोल्न आउँछ कि भनी आशैआशमा कति बस्नु धारा कुरेर रु”

    चुनावमा भोट माग्न आउँदा सबै समस्याको समाधान गर्ने वाचा गर्ने जनप्रतिनिधिले दैनिक अतिआवश्यक खानेपानीको व्यवस्था गर्न चासो नदिएको उहाँले गुनासो गर्नुभयो । “कहाँ भन्न जाऊ खानेपानीको कार्यालय गए आज हाकिमसा’ब आउनुभएको छैन भन्छन् । अरु सबै ठाउँमा समयमै पानी आउने । हामीकहाँ मात्र नआउने । पानीमै पनि विभेद गर्छन् । पानी नपठाएपछि शुल्क पनि नलिनु नि । शुल्क भने समयमा तिरेन भने कर भार बोकाउने । यस्तो पनि हुन्छ रु”, उहाँले भन्नुभयो ।

    त्यसैगरी भक्तपुर–५ की मायादेवी लोहलाले धारामा पानी आउँछ कि भनी कुर्दाकुर्दा दिनै बित्ने गरेको दुःखेसो पोख्नुभयो । “धारामा पानी आउने ठेगान छैन । आज आउँछ भोलि आउँछ भन्दाभन्दै तीन हप्ता भइसक्यो । पानीको समस्याले अरु काम नै लथालिङ्ग भइसक्यो”, उहाँले भन्नुभयो ।

    वर्षायाममा पनि सार्वजनिक इनारमा पानी नहुँदा थप अभाव भएको उहाँले बताउनुभयो । “वर्षायाम भए पनि इनारमा समेत पानी छैन । यो टोलमा धेरै पानीको समस्या छ, सबैले इनारको पानीमा भर पर्नुपर्छ । इनारमा पनि पानी छैन । पानीको समस्या बढ्न थालेपछि टोलका दुई–तीन घर मिलेर ट्याङ्करको पानी किनेर दैनिक गुजारा चलाउनुपरेको छ । किनेर कति साध्य रु”, उहाँले भन्नुभयो ।

    केयुकेएलको लापरवाही र अनियमितताका कारण पनि नगरका अधिकांश क्षेत्रमा पानीको हाहाकार भएको बताइएको छ । बढ्दो खानेपानीको समस्याले सार्वजनिक ढुङ्गेधारा, इनार र पोखरीमा लुगा धुने पानी लिन आउनेको निकै चाप बढेको छ । हप्तौँसम्म धारामा पानी नपठाए पनि सम्बन्धित निकायलाई केही वास्ता नभएको जनगुनासो छ । नगरका इताछें, वंशगोपाल, भार्वाचो, तौमढी, पोटरीस्क्वायर, घट्खालगायतका ठाउँमा नियमित पाँच दिनमा एक दिन धारा आउँछ । नगरकै आर्दश, खँल्ला, दोगनमा भने तीन हप्तामा एक दिन पनि पानी आउँदैन ।

    नगरका खँल्ला, दोगन, देउला टोलमा आउने पानी कटौती गरी अन्यत्र पठाउने गरेका कारण ती टोलमा पानीको चरम अभाव देखिएको हो । केयुकेएलका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने, “सबैतिर पाँच दिनमा एक दिन पानी वितरण गर्नुपर्ने हो । तौमढीस्थित केही गेष्टहाउससँगको मिलेमतोमा चाबी नै उनीहरुको जिम्मा दिइराखेको छ । पानी आउने बेला बन्द गरिदिने गरेका कारण तौमढीदेखि तल्लो खँल्ला, दोगनटोलतिर पानी नआएको हो । यसमा कार्यालयकै कर्मचारीको हात छ ।”

    नगरका अन्य टोलमा पाँच दिनको एक दिन पानी आउने पालो भए पनि नगरका ४ र ५ वडामा दुई हप्तामा एकपटक पानी पठाइने गरिएको छ । सो पानी पनि कटौती गरी नगरका अन्य ठाउँमा पठाउने गरेकाले ती स्थानमा चरम अभाव देखिएको स्थानीयवासीको भनाइ छ । केयुकेएलको शाखा कार्यालयले नगरलाई दुई भागमा विभाजन गरी बोडे पानी प्रशोधन केन्द्र र मुहान पोखरी स्रोत केन्द्र नगरकोटको पानी वितरण गर्दै आइरहेको छ ।

    वर्षायाम होस् या सुक्खायाम, बोडेबाट भक्तपुर नगरमा दैनिक तीन घण्टा पानी पठाउने गरेको कार्यालयले जनाएको छ । नगरका सबै ठाउँमा पाँच दिनको एक दिन दुई घण्टा पानी वितरण गरिरहेको कार्यालय प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले जानकारीदिनुभयो । “नगरको टौमढीदेखि पश्चिम भेगमा बोडेको पानी पाँच दिन बिराएर र पूर्वी भागमा मुहान पोखरीको तीन दिन बिराएर वितरण गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो ।

    उहाँले नगरमा पानीको अभाव हुने समस्या अहिलेको नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो अहिलेको मात्र समस्या होइन वर्षौँ पुरानो हो ।” यसको दीर्घकालीन समाधानका लागि नगरका दुई स्थानमा ट्युबवेल खने पनि पानी पिउनयोग्य नभएपछि वितरण गर्न नसकिएको उहाँले बताउनुभयो । “बढ्दो पानीको समस्या निराकरणका लागि दुईवटा डिप ट्युबवेल खने पनि पानीमा माटोको मात्रा बढी भएका कारण वितरण गर्न सकिएन”, उहाँले भन्नुभयो । उहाँले नगरका ४ र ५ वडामा पानी वितरणमा भएको अनियमितताका बारेमा अनुसन्धान गर्ने कर्मचारी दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    अझै दर्ता नभएका धारा सञ्चालनमा

    भक्तपुरमा दर्ता नभएका निजी धारा छन् । स्थानीयवासीका घरघरमा जडान भएका धारा वर्षौँ भइसक्दा पनि केयुकेएल कार्यालयमा दर्ता भएका छैनन् । दर्ता नभएका धाराको लाइन काट्न पनि कार्यालयले सकेको छैन । ती धारा धनीले निःशुल्क पानी उपभोग गर्दै आइरहेको केयुकेएलले जनाएको छ । नगरलाई सफा बनाउने योजनाअनुरुप जर्मन आयोजनाले ढल विस्तार गर्ने क्रममा सर्वसाधारणले जोडेका धारा अझै दर्ता प्रक्रियामा आउन नसकेको कार्यालयले जनाएको छ ।

    “ती धारा दर्ता प्रक्रियामा आउन कति अनुरोध गरेँ तर उपभोक्ता मान्दैनन्”, कार्यालयका एक कर्मचारीले भन्नुभयो, “निरीक्षणमा गए जथाभावी गाली गर्ने र कुटौँलाजस्तो व्यवहार गर्छन् । ज्यानकै जोखिम हुन्छ हामीले के गर्ने रु हाकिमहरु आउँछन् जान्छन् उनीहरुलाई त्यसबारे केही मतलब छैन । गाली खाने हामी कर्मचारी नै त हो नि । हामीले मात्र कति भन्नु । एक त समयमा पानी वितरण हुँदैन त्यसको रिस सबै हामीले खानुपर्छ ।”

    बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.