• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

दुर्घटना टार्न देवीलाई ऐना, पाँच हजार ऐना चढाइयो


  •   शुक्रबार, भदौ ०४, २०७८ मा प्रकाशित
  • रिठ्ठेभिर(सिन्धुली), भदौ ४ गते । साँघुरो सडक, त्यही सडकको भित्तामा सेती देवीको मन्दिर । मन्दिर वरपर हजारौंको संख्यामा ऐना । बीपी राजमार्ग हुदै यात्रा गर्ने जोकोही व्यक्तिले पनि यतिखेर सुनकोशी गाँउपालिका–५ रिठ्ठेभिरमा यही दृष्य देख्न पाउछन् ।
    बीपी राजमार्गमा ठुलाठूला दुर्घटना हुन थालेपछि उक्त दुर्घट्नालाई टार्न भन्दै यात्रुहरुले उक्त देवीको नाममा यसरी ऐना चढाउन थालेका स्थानीयको भनाई छ । २०६८ सालमा सोही ठाँउमा चार वटा सबारी दुर्घट्ना भएका थिए । बैशाख र असोजमा रिठ्ठे भिरमा भएका दुई वटा सबारी दुर्घट्ना अहिले पनि सम्झदा जिउ नै सिरिङ हुने स्थानीय बासिन्दा बताउँछन् ।
    ऐना संरक्षण गर्न बस्नु भएका स्थानीय डम्बर हायुका अनुसार बीपी राजमार्ग निर्माणका क्रममा बनाईएको ट्रयाक सडकमा २०६८ साल वैशाख २० गते यात्रुबस रिट्ठेभीरबाट सुनकोसी नदीमा खस्दा १३ जनाको घटनास्थलमै ज्यान गएको थियो । यस्तै सोही बर्षको असोज २६ गते दशै मनाएर काठमाडौ फर्कदै गरेका यात्रु बोकेको बस सोही ठाँउबाट सुनकोशी नदीमा खस्दा ४१ जनाले घटनास्थल मै ज्यान गुमाए । त्यसपछि त्यस स्थानमा रहेको सेती देबी रिसाएर दुर्घट्ना बढेको भन्दै उक्त देवीलाई खुशी बनाउन ऐना चढाउन सुरु गरिएको हो ।
    ‘सेती देवीलाई खुशी पार्दा यात्रा सफल हुने र दुर्घट्ना टर्ने विश्वास छ । त्यहि विश्वासमा सेती देवीलाई सिङ्गारका सामान ऐना चढाइएको हो,’ उहाँले भन्नुभयो, ‘हाल पाँच हजार भन्दा बढी ऐना बीपी राजमार्गको भित्ता भरी रहेको छ ।’ राजमार्ग बन्नु पहिले सेती देवीको मन्दीर राजमार्ग भन्दा तल सुनकोसी नदीको किनारमा मानिस हिड्ने गारेटो बाटोको भित्तामा थियो । पछि राजमार्ग मन्दीरभन्दा माथिबाट बनेपछि सबारी साधनमा हिड्ने यात्रुले आफुलाई कुल्चेको भन्दै देबी रिसाएपछि दुर्घट्ना बढेको जनविश्वास रहेको उहाँले सुनाउनुभयो ।
    राजमार्ग निर्माणकै क्रममा ठूला ठूला सबारी दुर्घट्ना भएपछि सडक निर्माण कम्पनी हाज्माले नै उक्त मन्दिर बीपी राजमार्गको भित्तामा बनाई दिएपछि ऐना चढाउन सुरु गरिएको स्थानीयको भनाई छ । सेती देवीका नाममा उक्त मन्दिरमा बा २ ख ८८२५ नम्बरको गाडीले सबैभन्दा पहिला ऐना चढाएको र त्यहिबाट ऐना चढाउने सुरु भएको उक्त वडाका अध्यक्ष सन्तोष दाहाल बताउनुहुन्छ ।
    उहाँका अनुसार ऐना चढाउनुमा अर्को कहानी छ । यि ठूला दुर्घट्ना भएको केही बर्षपछि ४१ जनाको शव जम्मा पारिएको मूलकोट चौरमा सप्ताह (पुराण) लगाइएको थियो । अघिल्लो र पछिल्लो घटनामा मृत्यु हुनेका परिवारजन, मूलकोट र आसपासका बासिन्दाको उपस्थितिमा चलिरहेको सप्ताहमा एउटा अनौठो घट्ना भएको थियो । सप्ताह सुनेर सिन्धुलीतर्फ बसको यात्रामा जादै गरेकी एक महिला रिठ्ठेभिरमा बस रोक्न लगाइन् र झरिन् । बसबाट झरेपछि ‘म सेतीदेवी हुँ’ भन्दै काम्दै सबैसामु आफू सेतीदेवी भएको र आफ्नो बासस्थानमा क्षति पु¥याएपछि मान्छेको भोग लिन थालेको बताइन् ।
    हाल ऐना चढाइएको ठाँउमा पुगेर आफ्नो बासस्थान त्यहि भएको जनाएपछि बीपी राजमार्गको भित्ता खोपेर देवीको मन्दिर स्थापना गरी ऐना चढाउने गरिएको र हाल भित्ताभरी ऐना रहेको अध्यक्ष दाहाल बताउनुहुन्छ । उहाँले रिठ्भिर भन्ने वित्तिकै दुर्घट्ना ग्रस्तक्षेत्रको रुपमा परिचित रहेको उहाँले जनाउनुभयो ।
    ऐना चढाउन थालेपछि त्यस स्थानमा दुर्घट्ना समेत हुन छाडेको स्थानीय बताउँछन् । ‘हामी यो ऐनालाई संरक्षण गर्दै व्यवस्थित गर्न थालेका छांै,’ वडा अध्यक्ष दाहालले भन्नुभयो, ‘हाल हजारौं ऐना यस क्षेत्रमा छन् ।’ ऐना राख्नुको मुख्य उदेश्य नै सुरक्षित यात्राको कामना भएको उहाँको बुझाई छ ।
    सेतीदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज श्रेष्ठका अनुसार हाल सेती देवीको दर्शन गर्न आउनेको सङख्या दैनिक रुपमा बढ्दै गएको छ । ‘ठाँउ अप्ठ्यारो छ, त्यहि अप्ठ्यारो र साँघुरो सडकमै पार्किङ गरेर सेतीदेवीलाई ऐना लगायतका सिङगारका सामान चढाउने र दर्शन गर्नेको भीड हुन्छ,’ उहाँले भन्नुभयो, ‘ऐना व्यवस्थित गर्न नजिकै अर्को मन्दिर बनाएका छौ । तर जहाँ आस्था हुन्छ, चढाइने सामानको थुप्रो त्यहि हँुदो रहेछ ।’ ऐना संरक्षण गर्नका लागि दुई जना पुजारी र संरक्षण कर्ता राखेको उहाँले जानकारी दिनुभयो ।

    Advertisement

    शुक्रबार, भदौ ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.