मुग्लिन : इलाका प्रहरी कार्यालय मुग्लिनले १६ किलो गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ। काठमाण्डौबाट मुग्लिनतर्फ आउदै गरेको ना ७ ख ५०११ नं. को यात्रुवाहक बसलाई मुग्लिन बजारमा चेकजाँच गर्ने क्रममा प्रहरीले शुक्रबार दिउँसो ४ः३० बजे १६ किलो गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा चितवन रत्ननगर १५ माधवपुर बस्ने २७ वर्षका सोनाम बाईवा, कालिका ८ कालिका टोलका २५ वर्षका बिमल तामाङ र काठमाण्डौ बुढानिलकण्ढ ३ तउलुङका ३० वर्षका राजकुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उनीहरु मध्य सोनाम वाईवाको साथबाट ७ के.जी. बिमल तामाङको साथबाट ६ के.जी र राजकुमार तामाङको साथबाट ३ के.जी.गरी १६ केजी गाँजा बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई अदालतमा पेश गरी म्याद थप गराई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
