पछिल्लो २४ घण्टामा चितवनका ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । ४ सय १८ जनाको स्वाब परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कले देखाएको हो ।
यो संगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या २४ हजार ८ सय ८९ पुगेको छ । १ हजार ७० सक्रिय संक्रमित रहेका जिल्लामा रहेका छन् । पछिल्लो २४ घण्टामा मृत्यु शुन्य छ ।
यस्तै आज ९ जना चितवनको विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । यस्तै जिल्लाको विभिन्न अस्पतालमा आज ९१ जना कोरोना संक्रमित बिरामीको उपचार भई रहेको छ ।
