काठमाडौं । नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले बिहिबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापति शर्मालाई सपथ गराएकी हुन्।
उक्त समारोहमा राष्ट्रपति भण्डारीले ४४ औँ प्रधानसेनापति बनेका शर्मालाई महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी थिइन् । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा लगायत सहभागी भएका थिए ।
राष्ट्रपतिको कार्यालयले पनि एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा (२) बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथग्रहण गरेको जानकारी गराएको छ ।
