काठमाडौं – सरकारले एकैपटक ८५ सहसचिवको सरुवा गरेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री स्तरको निर्णयबाट सहसचिवहरूको सरुवा गरेका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका देउवाले कर्मचारीहरुको नियमित सरुवा बढुवा अन्तर्गत ८५ सहसचिवको सरुवा गरेका हुन् । तालिका अनुसार सरुवा भएका अधिकांश सहसचिवलाई प्रदेश मन्त्रालयहरुमा सरुवा गरिएको छ ।
