काठमाडौं – कक्षा १२ को परीक्षा आजदेखि सञ्चालन हुँदैछ । कोरोनाभाइरस महामारीका कारण चार महिना पर धकेलिएको कक्षा १२ को परिक्षा आजदेखि सञ्चालन हुन लागेको हो । परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।
परीक्षामा विद्यार्थीलाई होम सेन्टर कायम गरिएको छ । परिक्षाको लागि देशभर ४ हजार ३१५ वटा परीक्षा केन्द्र रहेका छन् । आज पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुँदैछ ।
गएको जेठमा हुनुपर्ने परीक्षा कोरोना संक्रमणका कारण साउन ३१ गतेका लागि सारिएको थियो । तर कोरोनाको जोखिम कायमै रहेको भन्दै फेरि सारिएको थियो ।
परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ ।
