मोफसलको फुटबलले विस्तारै गति लिने क्रममा भरतपुर महानगरपालिकामा सेवें ए साईड नकआउट फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
टाइगर युथ क्लब, भरतपुर महानगरपालिका–५,टाइगरचोक,चितवनको आयोजनामा आगामी अशोज १३ गतेदेखि सेवें ए साईड नकआउट फुटसल प्रतियोगिता हुने भएको हो ।
भरतपुर महानगरपालिका–५,टाइगरचोक,चितवन स्थित बिकास चोकको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५०,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,१११ रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक अभिषेक श्रेष्ठले बताए । साथै अन्य विधागत पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
टिम दर्ता शुल्क ३५ सय तोकिएको बताउँदै संयोजक अभिषेक श्रेष्ठले प्रतियोगितामा चितवन बाहिर र चितवन भित्कर बाट धेरै टिमको सहभागिता रहेको जनाउने । उनले सहभागि टिमहरुको संख्या निश्चित भएपछि फाइनल खेलको मिति तोक्ने समेत जानकारी दिए ।
गाउँ–ठाउँको फुटबल अनुभव र स्थानीय खेलाडीहरुलाई अहिलेको स्थितिमा खेलकुदको माध्यमबाट स्वस्थ प्रतिस्पर्धा गराउनु आफूहरुको पहिलो प्राथमिकता र सानो प्रयास रहेको संयोजक अभिषेक श्रेष्ठले बताए । उनी भन्छन्, “स्थानीय खेलाडीहरुलाई स्थानीयस्तर मै अवसर मिलोस भन्ने हाम्रो बुझाई छ । खेलाडीहरुले यहि प्रतियोगितामा मोफसलबाटै आफ्नो प्रतिभा र पहिचान बनाउन सकुन भन्ने हाम्रो योजना पनि छ ।”
उता आयोजक क्लबका अध्यक्ष देवराज तामांगले प्रतियोगिता आयोजना गरेर सुस्ताएको स्थानीय फुटबललाई फेरि उकास्ने जमर्को गरेको बताए । अध्यक्ष तामांग भन्छन्, “मोफसलमा खेलकुदको माहोल बिस्तारै फर्किने क्रममा छ । लामो समयपछि खेलाडीहरु बीच स्वस्थ्य प्रतिस्पर्धा र भाइचारा कायम होस भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न गईरहेका छौं ।”
