सरकारले चुनावको समयसम्म आफूलाई राख्न नसक्ने बताउदै नेता भट्टराईले फेरि पनि एमालेकै नेतृत्वमा सरकार बन्ने बताए । उनले भने – ‘यो सरकारले चुनावको समयसम्म पनि आफूलाई राख्न सक्दैन । फेरि पनि एमालेको नेतृत्वमा सरकार बन्छ । सोही सरकारले चुनाव गराउँछ ।’
माधवकुमार नेपाल ढिलोचाँडो पुनः एमालेमै फर्किने बताउदै नेता भट्टराईले विभाजनमा लागेकाहरूको मनमा अहिले एमाले नै रहेको बताए । उनले विदेश गएका मानिसहरु काम गर्न नसकेर घर फर्किए जस्तै नेता नेपाल पनि एमालेमै फर्किने बताए । उनले भने – ‘जहाँ पनि पार्टी विभाजन गर्नु हुन्न भन्ने साथीहरू हुनुहुन्छ । विभाजनमा लागेकाहरूको मनमा पनि एमाले नै छ ।’
आफुहरु नेपालसहितको एमाले बनाउन लागि परेको बताउदै उनले भने – ‘पार्टीभित्र केही विमति थियो । त्यसलाई वैधानिक ढंगले छलफलबाट हल गर्ने हो । पार्टीभित्र छलफल नगरी माधव नेपालले आफ्नै हिसाबले पार्टी फोर्नुभयो, पार्टीभित्र विमति हुनेबित्तिकै विभाजन गर्ने होइन ।’
