प्राज्ञिक विद्यार्थी परिषद नेपालले मनाङ जिल्लामा मर्स्याङ्दी नदीले वगाएकाे भानु मा विमा नियमित पठन पाठन कार्यलाई सुचारू गर्ने उद्देश्यले टेन्ट त्रिपाल, म्याट अाैषधी लगायतका सामाग्री अाज एक कार्यक्रम गरी हस्तान्तरण गरेकाे छ ।
परिषद्ले वेशीसहर लमजुङमा भानु मध्यामिक विद्यालयका प्राचार्य श्यामकृष्ण पन्तलाई हस्तान्तरण गरिएकाे हाे गत असार महिनामा गएकाे विनाशकारी बाढीका कारण मनाङ जिल्लामा करोडौंकाे क्षति भएको थियोे । त्यसमा बाढिका कारण मनाङकाे भानु मा विमा पनि धेरै क्षति पुर्याएका कारण त्यहाँकाे नियमित पढन पाठन राेक्कि छ ।
साेही विषयलाई मध्यनजर गर्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपालले त्यस क्षेत्रका बासिन्दा र स्कुलका प्राचार्यलाई लमजुङकाे वेशिसहर भेटेर एक अाैपचारिक कार्यक्रमकाे माध्यमबाट राहत सामग्रीहरू हस्तान्तरण गरेकाे विद्यार्थी परिषद्ले जनाएको छ ।
कार्यक्रममा लमजुङका प्रमुख जिल्ला अधिकारी श्री हाेमप्रसाद लुईटेल,डि एस पि कृष्ण कार्की विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल पत्रकार महासंधका अध्यक्ष अाशा गुरूङ, जन विकास मा वि प्राचार्य रत्नमान श्रेष्ठ सामाजिक व्यक्तित्ब नरहरी वाग्ले, त्रि वि विश्वविद्यालयका मिडिया प्रमुख हरिषकुमार ऐर केन्द्रीय सदस्य हेमन्त अवस्थि लमजुङ मिडिया प्रमुख ववि शर्मा लगायतकाे उपस्थिति रहेकाे थियाे, वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङ, नमुना सामुदायिक अस्पताल सुन्दर वजार,दुधपाेखरी गाउपालिका विश्वकर्मा गुठी समाज लमजुङ, राष्ट्रिय श्रमिक संगठनलाई टेन्ट ,त्रिपाल, लगायतका सामाग्री वितरण गरिएकाे छ।
