• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनचाँदीको मूल्य बढ्यो

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

कांग्रेसको जगलाई थप बलियो बनाउने उद्देश्य र नेता-कार्यकर्ताको चाहनाका कारण सभापति उम्मेदवारी : बिजयराज शर्मा भुसाल चितवन


  •   आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
  • कांग्रेसको जगलाई थप बलियो बनाउने उद्देश्य र नेता-कार्यकर्ताको चाहनाका कारण सभापति उम्मेदवारी दिन लागेको हो : बिजयराज शर्मा भुसाल चितवन । चितवनमा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएसँगै गाउँ/नगर अधिवेशनको माहोल तातेको छ । कांग्रेसको परिमार्जित कार्यतालिका अनुसार आगामी असोज ९ गते देशभर कांग्रेसको गाउँ/नगर अधिवेशन हुँदैछ । सोही क्रममा चितवन कांग्रेस सभापतिमा बलियो उम्मेदवारको रुपमा विजयराज शर्मा भुसाल मैदानमा उत्रिएका छन् । उनी समकालीन राजनीतिकर्मीहरुमा सबैभन्दा बढी लोकप्रिय छन् भने कांग्रेसका लागि उनले बिद्यार्थीकालदेखि हालसम्म धेरै त्याग गरिसकेका छन् । आसन्न अधिबेशनमा उनले जिल्ला सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् । भुसालले कांग्रेस राजनीतिमा ४ दशक लामो समय खर्चेका छन् । ०३६ सालदेखि राजनीति यात्रा शुरु गरेका भुसालले जिल्लाका बिभिन्न तहमा रहेर काम गरिसकेका छन् । उनले ०३६ सालमा तन्नेरी उमेरदेखि नेबिसंघबाट राजनीति शुरु गरे । ‘म पहिलो पटक बिपी कोइरालाको भाषणबाट प्रभावित भएर कांग्रेसमा लागेको हुँ, उनले भने,‘त्यसपछि अहिलेसम्म म कांग्रेसमा निरन्तर लागिरहेको छु ।’ अब चितवन कांग्रेसलाई नयाँपन दिनका लागि म उम्मेदवार उठेको छु र सबै पक्षबाट सहयोग पुग्ने पुर्ण आशाबादी छु । कांग्रेस नै जनताको खास पार्टी हो भन्ने जिल्लाबासीलाई महसुस गराउन र जनताको सुख-दुखमा सधैं सहयोगी बन्न आँफुले सभापतिमा चुनाव जित्ने बिश्वास व्यक्त गरे । भुसालले कांग्रेसका लागि भौतिक, आर्थिक र नैतिक रुपले धेरै सहयोग गर्दे आएका छन् ।

    Advertisement

    कांग्रेसका तत्कालिन सभापति सुशील कोइराला चितवनबाट चुनावमा उठ्दा आर्थिक र भौतिक रुपमा सबैभन्दा अगाडी बढेर सहयोग गर्न भुसाल नै खटिएका थिए । उनले सुशील कोइरालालाई आफ्नै घरमा राखे । चुनावमा आर्थिक रुपमा सहयोग गरे । दिनरात उनि चुनावी प्रचारमा खटिए । जतिबेला सुशील उठ्ने निर्वाचन क्षेत्रमा उनि स्वंय उठ्ने चर्चा थियो । तर, उनले श्रद्धेय नेतालाई आफ्नो दावी छोडेर सुशील कोइरालाको प्रचारमा होमिए । भुसालले राजनीति रुपमा मात्र नभई आर्थिक रुपमा कांग्रेस पार्टीका, नेता र दुख पाएका कार्यकर्तालाई ठुलो धनराशी सहयोग गर्दे आएका छन् । उनले पदको लोभ गरेनन् । उनी ०६२/०६३ सालको जनआन्दोलनमा चितवनको कार्यवाहक सभापतिको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरिसकेका छन् । उनले आँफु भन्दा जुनियरलाई पनि मौका दिएर त्यागको उदाहरण देखाएका छन् । भुसाल पद भन्दा कर्तव्य ठुलो भएको भन्दै कांग्रेसमा निरन्तर खट्दै आएका छन् । ‘धेरै साथीहरुको जोडबलले बेलाबेलामा कुनै न कुनै जिम्मेवारी सम्हाल्न त पुग्छु, तर, मैले पदका लागि जर्वजस्ती कहिल्यै गरिन्, उनले भने,‘ मैले पदकै लागि अनेक खेल खेल्न जानिन ।’ पदको लागि मरिहत्ते नगर्दा पार्टीमा निरन्तर खट्दा समेत जिल्ला तहबाट माथि जान नसकिएको दुखेसो उनको छ । अझै जिल्लाकै सेवामा खटिन मन भएकोले यसपाली सभापतिमा उम्मेदवार दिन लागेको उनले सुनाए ।

    निष्ठा र कर्मको राजनीतिमा लागेर चितवनको उदाहरण बनेका भुसाललाई यसपाली जिल्ला सभापतिमा जिताउन कांग्रेसका अधिकांश कार्यकर्ताहरु खटिएका छन् । तत्कालिन मंगलपुर गाबिसमा ५ तिर सहसचिब, त्यसपछि क्षेत्रीय समितिको सचिब लगायत बिभिन्न जिम्मेवारीमा उनले कुशतापुर्वक भुमिका निर्वाह गरेका छन् ।‘लोकतन्त्रका लागि मैले सम्पुर्णलाई सहयोग गर्दे आएँ । अब मलाई कांग्रेसका सबै नेता तथा कार्यकर्ताले सहयोग गरिदिनुस भनेर म विनम्र अनुरोध गर्दछु, भुसालले भनेका छन्, राजनीतिलाई कमाइ खाने भाँडो बनाउनेलाई पाखा लगाउनुपर्छ ।’ आस्था र निष्ठाको लागि लडेको छु । बिपीको समाजबादलाई सधैंभर पछ्याउनेछु, यसपाली मलाई भोट दिएर चितवन कांग्रेसको सभापतिमा जिताउनुहोला ।’ सभापतिको पदमा बसेर चितवनको समग्र उन्नति र कांग्रेसलाई अझ गतिशिल बनाउन आफ्नो दायीत्व हुने उनले बताए । भुसाल चितवनमा कांग्रेसको निष्ठावान् नेताको छबि बनाएका नेतामा पर्दछ ।कांग्रेसको जगलाई थप बलियो बनाउने उद्देश्य र नेता-कार्यकर्ताको चाहनाका कारण सभापति उम्मेदवारी दिन लागेको हो : बिजयराज शर्मा भुसाल चितवन । चितवनमा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएसँगै गाउँ/नगर अधिवेशनको माहोल तातेको छ । कांग्रेसको परिमार्जित कार्यतालिका अनुसार आगामी असोज ९ गते देशभर कांग्रेसको गाउँ/नगर अधिवेशन हुँदैछ ।

    सोही क्रममा चितवन कांग्रेस सभापतिमा बलियो उम्मेदवारको रुपमा विजयराज शर्मा भुसाल मैदानमा उत्रिएका छन् । उनी समकालीन राजनीतिकर्मीहरुमा सबैभन्दा बढी लोकप्रिय छन् भने कांग्रेसका लागि उनले बिद्यार्थीकालदेखि हालसम्म धेरै त्याग गरिसकेका छन् । आसन्न अधिबेशनमा उनले जिल्ला सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् । भुसालले कांग्रेस राजनीतिमा ४ दशक लामो समय खर्चेका छन् । ०३६ सालदेखि राजनीति यात्रा शुरु गरेका भुसालले जिल्लाका बिभिन्न तहमा रहेर काम गरिसकेका छन् । उनले ०३६ सालमा तन्नेरी उमेरदेखि नेबिसंघबाट राजनीति शुरु गरे । ‘म पहिलो पटक बिपी कोइरालाको भाषणबाट प्रभावित भएर कांग्रेसमा लागेको हुँ, उनले भने,‘त्यसपछि अहिलेसम्म म कांग्रेसमा निरन्तर लागिरहेको छु ।’ अब चितवन कांग्रेसलाई नयाँपन दिनका लागि म उम्मेदवार उठेको छु र सबै पक्षबाट सहयोग पुग्ने पुर्ण आशाबादी छु । कांग्रेस नै जनताको खास पार्टी हो भन्ने जिल्लाबासीलाई महसुस गराउन र जनताको सुख-दुखमा सधैं सहयोगी बन्न आँफुले सभापतिमा चुनाव जित्ने बिश्वास व्यक्त गरे । भुसालले कांग्रेसका लागि भौतिक, आर्थिक र नैतिक रुपले धेरै सहयोग गर्दे आएका छन् । कांग्रेसका तत्कालिन सभापति सुशील कोइराला चितवनबाट चुनावमा उठ्दा आर्थिक र भौतिक रुपमा सबैभन्दा अगाडी बढेर सहयोग गर्न भुसाल नै खटिएका थिए ।

    उनले सुशील कोइरालालाई आफ्नै घरमा राखे । चुनावमा आर्थिक रुपमा सहयोग गरे । दिनरात उनि चुनावी प्रचारमा खटिए । जतिबेला सुशील उठ्ने निर्वाचन क्षेत्रमा उनि स्वंय उठ्ने चर्चा थियो । तर, उनले श्रद्धेय नेतालाई आफ्नो दावी छोडेर सुशील कोइरालाको प्रचारमा होमिए । भुसालले राजनीति रुपमा मात्र नभई आर्थिक रुपमा कांग्रेस पार्टीका, नेता र दुख पाएका कार्यकर्तालाई ठुलो धनराशी सहयोग गर्दे आएका छन् । उनले पदको लोभ गरेनन् । उनी ०६२/०६३ सालको जनआन्दोलनमा चितवनको कार्यवाहक सभापतिको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरिसकेका छन् । उनले आँफु भन्दा जुनियरलाई पनि मौका दिएर त्यागको उदाहरण देखाएका छन् । भुसाल पद भन्दा कर्तव्य ठुलो भएको भन्दै कांग्रेसमा निरन्तर खट्दै आएका छन् । ‘धेरै साथीहरुको जोडबलले बेलाबेलामा कुनै न कुनै जिम्मेवारी सम्हाल्न त पुग्छु, तर, मैले पदका लागि जर्वजस्ती कहिल्यै गरिन्, उनले भने,‘ मैले पदकै लागि अनेक खेल खेल्न जानिन ।’ पदको लागि मरिहत्ते नगर्दा पार्टीमा निरन्तर खट्दा समेत जिल्ला तहबाट माथि जान नसकिएको दुखेसो उनको छ । अझै जिल्लाकै सेवामा खटिन मन भएकोले यसपाली सभापतिमा उम्मेदवार दिन लागेको उनले सुनाए ।

    निष्ठा र कर्मको राजनीतिमा लागेर चितवनको उदाहरण बनेका भुसाललाई यसपाली जिल्ला सभापतिमा जिताउन कांग्रेसका अधिकांश कार्यकर्ताहरु खटिएका छन् । तत्कालिन मंगलपुर गाबिसमा ५ तिर सहसचिब, त्यसपछि क्षेत्रीय समितिको सचिब लगायत बिभिन्न जिम्मेवारीमा उनले कुशतापुर्वक भुमिका निर्वाह गरेका छन् ।‘लोकतन्त्रका लागि मैले सम्पुर्णलाई सहयोग गर्दे आएँ । अब मलाई कांग्रेसका सबै नेता तथा कार्यकर्ताले सहयोग गरिदिनुस भनेर म विनम्र अनुरोध गर्दछु, भुसालले भनेका छन्, राजनीतिलाई कमाइ खाने भाँडो बनाउनेलाई पाखा लगाउनुपर्छ ।’ आस्था र निष्ठाको लागि लडेको छु । बिपीको समाजबादलाई सधैंभर पछ्याउनेछु, यसपाली मलाई भोट दिएर चितवन कांग्रेसको सभापतिमा जिताउनुहोला ।’ सभापतिको पदमा बसेर चितवनको समग्र उन्नति र कांग्रेसलाई अझ गतिशिल बनाउन आफ्नो दायीत्व हुने उनले बताए । भुसाल चितवनमा कांग्रेसको निष्ठावान् नेताको छबि बनाएका नेतामा पर्दछ ।

    आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.