• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

विदेशमा सिकेको ज्ञान र सिप भित्र्याउन सके मात्र देश समृद्ध बन्छ : डा. केसी


  •   बिहिबार, असोज ०७, २०७८ मा प्रकाशित
  • काठमाडौँ : गैर आवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेश अक्टोबर २३ देखि २५ सम्म हुन गइरहेको छ। अनलाइन भोटिंगबाट निर्वाचन हुने भएको छ। त्यसकारण यो महाधिवेशनले धेरै उत्साह थपेको छ। एनआरएनएमा रहेर विदेशमा बस्ने नेपालीहरुको हक हितका लागि आवाज उठाउँदै आएका डा. बद्री केसी संघको अध्यक्षको उम्मेद्वारी हुन्।

    Advertisement

    संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा कल्याकारी विभागका प्रमुख समेत रहेका डा. केसी विगत ३१ वर्षदेखि रसियामा बस्दै आएका छन्। डा. केसीले सुरुवातीकालदेखि नै विदेशमा बस्ने नेपालीहरुका लागि काम गरिरहेका छन्। अब हुने एनआरएनएको महाधिवेशमा उनको उम्मेद्वारी तथा आगामी योजनाका बारेमा गरिएको कुराकानीको अंशः

    तपाई नेपाल के कारणले आउनुभयो ?
    लामो समय कोरोना भाइरसको कारणले नेपाल आउन पाएको थिएन। नेपाल सरकारसँग संस्थागत कुराहरु पनि तय गर्नुपर्ने छ। र, गैर आवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय समन्वय परिषद्को महाधिवेशनको तयारीका लागि पनि म काठमाडौं आएको हुँ।

    महाधिवेशनमा तपाईको एजेन्डा के हो ?
    हाम्रो आठ वटा विभागहरु छन्। जसमध्ये वैदेशिक रोजगार तथा कल्याकारी विभागको म प्रमुख हुँ। यो विभागमा चारवटा उप कमिटीहरु छन्। यी कमिटीमध्ये पहिलो वैदेशिक रोजगारमा गएका साथीहरुको समस्या केलाएर नेपाल सरकारसँग लबिंग गर्ने, हाम्रो संविधानमा गैर आवासीय नेपालीहरुलाई सामाजिक, आर्थिक र साँस्कृतिक अधिकारसहित नागरिकता दिने भनेको छ त्यो नागरिकता हामीले पाएका छैनौं त्यसको लबिंग गर्ने, त्यस्तै, गैर आवासीय नेपालीहरुका लागि छुट्टै कानुन बन्ने छ त्यो कानुन बनाउनका लागि पनि मैले लबिंग गरिरहेको छु र विदेशमा रहेका नेपालीहरु जो महामारीको चपेटमा पर्नु भएको छ उहाँहरुको लागि हामीले थुप्रै काम पनि गरिरहेका छौं।

    एनआरएनएले कस्ता खाले रुपान्तरणहरु गर्छ ?
    विदेशमा सिकेको प्रविधिहरु नेपालमा ल्यायौं भने चाँडै रुपान्तरण हुन्छ। अन्य देशहरु जसरी नै नेपालमा छिट्टै विकास हुन सक्छ। त्यसमा हामीले हरेक दुई वर्षमा एकपटक स्किल इनोभेसनका कन्फरेन्सहरु गर्छौं। गतवर्ष गरिएको कन्फरेन्समा ४१६ वटा पेपरहरु प्रस्तुत गरेका थियौं। हामीले ती पेपरहरुलाई तयार गरेर नेपालका सबै सम्बन्धित मन्त्रालय, विश्वविद्यालय तथा रिसर्च सेन्टरहरुमा दिएका छौं र हामी उहाँहरुसँग कनेक्ट हुन चाहान्छौं। विदेशमा रहेका नेपाली जो कुनै न कुनै विषयमा विज्ञ हुनुहुन्छ उहाँहरु जो नेपालमा वर्षको एक, दुई महिनाको लागि निःशुल्क रुपमा यहाँका अस्पताल, ल्याब, कलेज तथा क्याम्पसहरुमा पढाउन चाहानुहुन्छ ती विज्ञहरुलाई यहाँसम्म ल्याउने कार्यक्रमहरु गरिरहेका छौं।

    कोरोना कहरमा गैर आवासीय नेपालीहरु कति जना संक्रमित हुनुहुन्छ ?
    आजको दिनसम्म एक लाख १० हजार जना संक्रमित भइसक्नु भएको छ। संघले हरेक व्यक्तिको तथ्यांक राखेको छ। ४ सय ८६ जनाको मृत्यु भइसकेको छ भने करिब ९२ प्रतिशत संक्रमणमुक्त भइसक्नु भाछ। पहिले जस्तो भयावहको अवस्था छैन। अहिले सबैजना कोरोनासँगै अघि बढ्न सिकिसक्नु भएको छ। यस्तै, सबैले कोरोनाविरुद्धको खोप लगाइसक्नु भएको छ। त्यसैगरि, गैर आवासीय नेपाली संघले नेपालमा खोप तथा अक्सिजन ल्याउन धेरै पहल गरेको थियो। त्यही अनुरुप काम पनि भयो।

    गैर आवासीय नेपालीहरुको योगदान धेरै छ, नेपाल सरकारले कसरी हेर्छ तपाईहरुलाई ?
    यो मिश्रित छ। कतिपय सरकारका मान्छेहरुले हामीलाई राम्ररी हेर्छन् भने कतिपयले गाली पनि गर्छन्। समग्रमा नेपाल सरकारले हाम्रो लागि राम्रै सोचेको छ।

    तपाईले २०७२ को भूकम्पमा कस्ता कामहरु गर्नुभयो ?
    २०७२ को भूकम्प जाँदा म संघको कोषाध्यक्ष थिए। र, म काठमाडौं मैं थिए। भूकम्प गएको ६ घन्टामै इमर्जेन्सी मिटिंग राख्यौं र संसारभरबाट पैसा उठाउन थाल्यौं। र, उठेका पैसाबाट राहतका सामान किन्यौं र भूकम्प गएको ३ दिनभित्र राहत बाड्यौं।

    तपाईको उम्मेद्वारी चर्चा मात्र हो कि वास्तबिक अध्यक्षको दाबेदारी नै हो ?
    गैर आवासीय नेपाली संघको अभियान सुरु गर्दादेखि नै म यहाँ छु। सुरुका दिनमा म साधारण सदस्य मात्र रहेर काम गरे। २००७ मा रसियाको महासचिव थिए। त्यसपछि दुई कार्यकाल म केन्द्रीय सदस्य भए। २०१३, २०१५ मा कोषाध्यक्ष थिए। त्यसपछि दुई कार्यकालमा म महासचिव भएर काम गरे। त्यसपछि २०१९, २१ मा म उपाध्यक्ष छु। त्सकारण मैले एनआरएनएमा नसम्हालेको पद छैन। मैले योसबै पदमा जितेर आएको छु। त्यसैले एनआरएनएमा रहेर थुप्रै काम गरेको छु। यो संघको विभिन्न पदमा रहेर कामलाई निन्तरता दिँदै आएको छु। त्यसैले कुनै चर्चा पाउनका लागि होइन मेरो दाबेदारी वास्तबिक हो।

    तपाईलाई किन जिताउने ?
    संस्थालाई आर्थिक रुपले कसरी लैजाने भन्नेमा म कन्फ्युज छैन। किनभने यो संस्थाको जन्म भएको दिनदेखि म यस संस्थामा छु। यहाँ रहेर धेरै दुःखका दिनहरु पनि देखेको छु। २०१३ सालमा हामीले हाम्रा सचिवालयका सदस्यहरुलाई तलब खुवाउन पनि चन्दा उठाउन पर्थ्यो। म त्यो बेला कोषाध्यक्ष थिए। यस्तो खालको सामाजिक संस्थालाई आर्थिक रुपले सक्षम बनाउन सक्ने १० वर्षे योजना मैले बनाए। र, यहीं योजनाकै क्रममा भिजन २०२० पनि लिएर आएँ र आज यो संस्था एक वर्षमा ५० करोडको च्यारिटीको काम गर्न सक्ने भएको छ। त्यसैले संस्थालाई कसरी आर्थिक रुपले सक्षम बनाएर लैजाने भन्नेमा म कत्ति पनि कन्फ्युज छैन। यो संस्थालाई सबै कुराबाट सक्षम बनाएर संस्था हाक्न सक्ने मापदण्ड म मा छ।
    यस्तै, म कोषाध्यक्ष भएर काम गर्नु भन्दा पहिले केन्द्रीय सदस्य भएर काम गर्दा संस्थामा ४०,४५ वटा मात्र देशहरु थिए। त्यसपछि म महासचिव भएर काम गर्दा कमसेकम ३० वटा नयाँ राष्ट्रिय समन्वय परिषद् खुल्यो। यसरी म महासचिव हुँदा कसरी धेरै भन्दा धेरै देश तथा नेपालीहरुलाई आबद्ध गर्ने भन्नेमा विषयमा मेरो ठूलो योगदान रह्यो। सुरुमा हाम्रा साधारण सदस्यहरु कम थिए। अहिले १ लाख १० हजार साधारण सदस्यहरु मात्र छन्। म महासचिव हुँदा म लगाएत मेरो टिमले एकदम उत्कृष्ट काम गरेको छ। वैदेशिक रोजगारमा केके समस्या छन् भनेर हामीले एक हप्ता अघि मात्र श्वेत पत्र जारी गरेका छौं। अब अर्को उपाध्यक्ष आउँदा अलमल हुनु पर्दैन। यी आठ वटै विभाग, ४० वटा कमिटीहरु र ८४ वटा देशहरुलाई म कन्ट्रोल गर्न सक्छु। र, ती देशहरुमा बसेका नेपालीहरु पहिले आफैं सक्षम हुनुपर्छ अनि नेपाललाई सहयोग गर्नुपर्छ यी सबै कुराहरुलाई व्यवस्थापन गरेर म लैजान सक्छु भनेरै मैले अध्यक्ष पदको लागि आँट गरेको छु। साथीहरुले मलाई जिताउनुहुन्छ भन्नेमा म विश्वस्त छु।

    तपाईको उम्मेद्वारीमा साथीहरुको प्रतिक्रिया कस्तो छ ?
    धेरै साथीहरुले भनेका छन्, एनआरएनमा बौद्धिक, अनुभवी र सक्षम व्यक्तिको नेतृत्व चाहिन्छ। जुन योग्यता म मा छ। त्यसैले म मापदण्डमा पर्छु।

    बिहिबार, असोज ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शब ब्यवस्थापनमा स्वयंसेवकको रुपमा खटिदा गर्दा जे देखेँ र भोगेँ, त्यो जीवनभर बिर्सन सक्दिनँ।
    ६५५ मत पाएका ऋषि धमलाको चुनावी खर्च १२ लाख ६५ हजार
    बालेन पत्नी सबिना झापा-५ मा चुनावी प्रचारमा
    काँग्रेसका १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यको निर्वाचन हुने
    प्रधानमन्त्री कार्कीले भनिन्: दिल्ली विस्फोटबाट स्तब्ध छु, दु:खको घडीमा नेपाल भारतको साथमा छ
    शंकर पोखरेलको घरबाट डेराको यात्राको अनुभूती

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.