• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भारतबाट धमाधम बाहिरिँदै ठूला अटो कम्पनी, नेपालमा कस्तो असर पर्ला ?


  •   बिहिबार, असोज ०७, २०७८ मा प्रकाशित
  • काठमाडौं । विश्वका ठूला मोटर उत्पादक कम्पनीहरु भारतबाट धमाधम बाहिरिन थालेका छन् । पछिल्लो समय अमेरिकाको फोर्ड कम्पनीले भारत छाड्ने निर्णय गरेको छ । उसले भारतमा २ अर्ब डलरभन्दा बढी नोक्सान भएको जनाएको छ ।

    Advertisement

    फोर्डले सेप्टेम्बर ९ मा भारतस्थित आफ्नो दुबै प्लाण्ट बन्दको घोषणा गर्यो । फोर्डले भारतस्थित उत्पादनलाई घरेलु बजारका लागि तत्काल बन्द तर निर्यात बजारका लागि भने २०२२ मा मात्र बन्दको घोषणा गरेको छ ।

    यसैगरी फियाट चिर्यस्लर अटोमोबाइल एफसीए इन्डियाले पनि २०१९ देखि रन्जनगाउँमा रहेको प्लान्टमा फियाट ब्राण्डका गाडीहरु उत्पादन गर्न बन्द गर्यो ।

    यस्तै अमेरिकी मोटर कम्पनी जनरल मोटर्सले पनि २०१७ देखि भारतमा उत्पादन बन्द गरेका थियो । कोरियाको साङयोङ कम्पनी पनि २०१६ मा भारतीय बजारबाट पलायन भएको थियो ।

    यसबाहेक अमेरिकाको दुईपांग्रे मोटरसाइकल उत्पादक हार्ले डेभिडसनले पनि गएको डिसेम्बरमा नै भारतमा आफ्नो उत्पादन बन्द गर्ने घोषणा गरेको छ ।

    न्यून बिक्री र लगातार घाटाका कारण यी कम्पनीहरु भारतीय बजार छोड्ने तरखरमा छन् । महिन्द्रा, टाटा, सुजुकी र हुण्डाई जस्ता कम्पनीहरुले बजार ओगटेको भारतीय अटो बजारमा यी कम्पनीहरु अडिन नसकेका हुन् ।

    लगानी विस्तार गर्दा पनि १ देखि २ प्रतिशतभन्दा बढी घरेलु बजार लिन नसकेको र ५० प्रतिशतसम्म करको भार थपिएका कारण भारतमा विदेशी अटो कम्पनीहरु थलिएको बताइन्छ ।

    पछिल्लो समय भारत छोड्ने सूचीमा रहेको फोर्डले २ अर्ब डलरको घाटा बेहोर्न परेको थियो । विदेशी कम्पनी धमाधम देश छाडेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ल्याएको मेक इन इन्डिया योजना पनि अलपत्र पर्ने देखिएको छ ।

    नेपालमा असर गर्ने 

    भारतीय अटो बजारसँग प्रत्यक्षरुपमा जोडिएको नेपाली बजारमा पनि यी पछिल्ला विकासहरुले केही असर अवश्य छोड्ने देखिन्छ ।
    भारतमा गाडी उत्पादन प्लान्ट बन्द भएपछि ती कम्पनीहरुका गाडी महँगिने संभावना छ । भारतमा उत्पादन हुँदा नेपालीले सस्तोमा गाडी किन्न पाउने गरेकोमा अब त्यो संभावना नरहेको अटो व्यवसायीको भनाइ छ ।

    नेपाली बजारमा अत्याधिक बिक्री र राम्रो प्रतिक्रिया पाएका फोर्डका बजेट सेग्मेन्ट गाडीहरु इकोस्पोर्ट, फ्रि स्टाइल र फिगो तीन मोडल नेपालमा आउन पाउने छैनन् ।

    अत्याधिक बिक्री हुने सेग्मेन्टका गाडीहरु बन्द हुने भएपछि व्यवसायमा अवश्य असर पर्ने भए पनि सञ्चालन भने यथावत् रहने नेपालका लागि आधिकारिक बितरक गो फोर्डले बताएको छ ।

    फोर्डले एक्सपोर्ट प्रोडक्सन २०२२ सम्म चालू राख्ने बताए पनि त्यसपछि यी गाडीहरुको उत्पादन बन्द हुनेछ । तबसम्म कम्पनीले इन्भेन्ट्रीमा रहेका र नयाँ उत्पादन हुने बजेट सेग्मेन्टका गाडीहरु नेपालमा ल्याउन सम्भावना पनि कम छ ।

    कम्पनीले हाल इकोस्पोर्टका लागि भारतमा पहल गरिरहेको तर त्यो सफल हुने नहुनेमा कुनै टुंगो नभएको गो फोर्डका मार्केटिङ तथा कम्युनिकेसन म्यानेजर पंकज यादबले बताए ।

    फोर्डले आफ्नो बजेट सेग्मेन्टका गाडीहरु भारतमा मात्र निर्माण गर्दैछ । भारतमा कम्पनीले ती तीनवटा बजेट सेग्मेन्टका गाडी इकोस्पोर्ट, फिगो र फ्रिस्टाइल र एउटा प्रिमियम मोडल इन्डिभर मात्र उत्पादन गर्दै आइरहेको छ ।

    यसबाहेक फोर्डले अन्य प्रिमियम मोडलहरु भने थाइल्याण्ड, स्पेन तथा अन्य मुलुकहरुबाट ल्याउने गरेको छ । बजेट मोडलका गाडीहरु ल्याउने बाटो बन्द भए पनि प्रिमियम मोडल, ईभी र हाईब्रिडको आयातलाई भने कम्पनीले निरन्तरता दिने यादवले बताउँछन् ।

    ‘भारतमा उत्पादन हुने हाम्रो प्रिमियम एसयूभी इन्डिभर अब भारतमा बन्द भए पनि त्यहीँ मोडल र फिचर सहितको एभ्रष्ट नामको प्रिमियम एसयूभी थाइल्याण्डबाट ल्याउने छौं,’ उनी भन्छन्,‘हामीले पहिले फोर्डको फोकस, कुगा, अहिले रेन्जर राप्टर थाइल्याण्डबाट ल्याइरहेका छौं ।

    फोकस कुगा, मस्ट्याङ पनि स्पेनलगायत अन्तरराष्ट्र्रिय बजारबाटै आएका हुन् ।’ यसबाहेक कम्पनीले बजेट सेग्मेन्टको म्याग्गी मस्ट्याङ पनि ल्याउने तयारी गरेको छ । भारतीय बजारमा मुद्रा स्थिर रहेको तर डलर अस्थिर रहने हुँदा यसले मूल्यमा केही फरक पर्न सक्ने यादव बताउँछन् । यस्तै टु ह्वीलर्स हार्ले डेभिडसनले पनि भारतमा आफ्नो उत्पादन बन्द गर्ने भने पनि आधिकारिक बितरक आईएमई अटोमोटिभ्स अन्तर्गत हार्ले डेभिडसन काठमाडौंलाई भारतमा केही आधिकारिक जानकारी नआएको बजार व्यवस्थापक किरण आचार्य बताउँछन् ।

    ‘हार्लेले बन्द गर्ने कुरा त चलिरहेको छ तर उनीहरुले हामीलाई यहाँ केही पनि कन्फर्म गरेको छैन ।’ आचार्य भन्छन् । कम्पनीले भारतबाट हार्लेका दुई मोडल स्ट्रिट ७५० र स्ट्रिट रड ७५० मात्र नेपालमा ल्याउने गरेको छ । यदि भारतको उत्पादन रोखिएको खण्डमा कम्पनीले सिंगापुर र अन्य तेस्रो मुलुकहरुबाट हार्ले ल्याउने तयारीमा रहेको आचार्यले बताए । अन्य मुलुकबाट आयात गर्दा पर्ने मूल्यबारे भने केही टुंगो नलागेको उनले बताए ।

    फियाटले भारतमा उत्पादन रोक्ने भएपछि २०१७ बाट नै लाइफ अटोमोबाइलले फियाट आयात बन्द गरेको थियो । फियाट बन्द भए  लाइफ अटोमोबाइलले एफसीए कम्पनीको जिप ब्राण्ड भने नेपालमा आयात गरिरहेको छ ।

    पछिल्लो समय कम्पनीले सिधै इटालीबाट फियाटको आयातको तयारी गरेको लाइफ अटोमोबाइल कम्पनीका बजार प्रमुख रमेश धनेखुले क्यापिटल नेपाललाई जानकारी दिए ।

    बिहिबार, असोज ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.