प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा जारी छ ।एमालेको असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनका लागि राजनीति, सांगठनिक र विधान संशोधन सम्बन्धी प्रस्तावमाथि यसअघि एमाले स्थायी कमिटी बैठकमा छलफल एवम् सुझाव संकलन गरिएको थियो ।
सुझावहरुसहितको दस्तावेजहरु एमाले केन्द्रीय कार्यसमितीको बैठकमा प्रस्तुत हुने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताउनुभयो । एमाले विधान महाधिवेशनमा तीन हजार प्रतिनिधि भनिए पनि यो संरचनामाथि थप छलफल हुने पनि उहाँले बताउनुभयो । एमाले अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्नुहुदै विधान महाधिवेशनमा प्रतिनिधि र यसको व्यवस्थापनका विषयमा छलफल हुने बताउनुभयो । आज बिहान ११ बजेदेखि सुरु भएको एमाले कन्द्रीय कमिटी बैठक भोलिसम्म जारी रहने जनाइएको छ ।
